Comments Add Comment

बोस्टन सप्ताह समीक्षा र भावी योजना

बोस्टनमा पहिलोपटक आयोजित बृहत धार्मिक तथा आध्यामिक सप्ताह सफलतापूर्वक सम्पन्न भएको छ । कहिल्यै नजुटेको नेपाली समाज यो सप्ताहमा जुट्यो ।

आ-आफ्नो भेषभूषा सहितको झाँकी प्रदर्शन र कलश यात्रा यो सप्ताहमा बिशेष थियो । भागवत प्रवचन वाहेक सामुहिक ब्रतवन्ध, गुन्यूचोली, विवाह लगायतका अनुष्ठान सेवाहरू सहित रिले मेडिटेशन, लामा पाठ, बज्रयान गुरूजु पूजा, रार्इहरूको मुन्धुम पूजा पनि समेटिएकोले बोस्टन सप्ताह अरू सप्ताह भन्दा अलि फरक थियो ।

प्रचार प्रसारको लागि सूचना प्रविधीको भरपुर प्रयोग गरिएको सप्ताहमा करीब पन्ध्र लाख पचास हजार डलर दान संकलन गरेर आयोजकले अपेक्षाकृत लक्ष्य हासिल गरेको छ । एकाउन्न हजार डलर दान गरेर समरभिलमा लामो समय बस्दै आएका व्यवसायी लक्ष्मि प्रधान र झरना प्रधान सर्वश्रेष्ट दाता हुनुभएको छ ।

आयोजकको लक्ष्य पुरा गरिदिएकोमा पण्डित दीनबन्धु पोख्रेललार्इ धन्यवाद दिनै पर्दछ किनकी सप्ताहमा सात दिनको नायक उनै थिए जसले आफ्नो कलात्मक प्रवचनद्वारा भक्तजनहरूलार्इ दान गर्नमा प्रेरित गरे । यसो भन्दैमा सम्पूर्ण जस उनैलार्इ मात्र दिन खोजिएको होइन । यो सप्ताहलार्इ सफल बनाउन प्रमूख भूमिका निर्वाह गर्ने मूख्य संयोजकहरू लगायत मूल आयोजक समितिका सम्पूर्ण सदस्यहरू पनि बिशेष धन्यवादका पात्रहरू हुन जसले विगत दुर्इ महिनादेखि सम्पूर्ण शक्ति सप्ताहकै लागि खर्चेका थिए ।

यसवाहेक यो सप्ताहमा स्वयंसेवकहरूको भूमिका र न्यूइङल्याण्डबासी नेपालीहरूले यस क्षेत्रमा नेपाली पहिचानका लागि मन्दिर र स्तुपा सहितको कम्युनिटी भवन बनाउन देखाएका सदासयता, भौतिक र आर्थिक सहयोग महत्वपूर्ण र उल्लेखनीय भयो।

यो सप्ताहमा धन हुनेले भन्दा पनि मन हुनेले दान दिएको देखियो । दान दिनेहरूमा मध्यम वर्गका नेपालीहरू अध्यधिक थिए तर यहाँका प्रतिष्ठित विश्वविद्यालय पढेर उच्च आर्थिक हैसियत बनाएका नेपालीहरूको उपस्थिति भने खासै देखिएन ।

हुन त दान र धर्म भन्ने कुरा व्यक्तिको स्वेच्छामा भर पर्छ तथापी यो सप्ताह बोस्टन आसपासको क्षेत्रमा मन्दिर र स्तुपा सहितको कम्युनिटी भवन बनाउन आयोजना गरिएकोले सकभर सम्पूर्ण नेपालीहरूको उपस्थिति रहोस् र गच्छेनुसारको दान गरोस भन्ने आयोजकहरूको अपेक्षालार्इ अनुचित मान्न सकिंदैन । अर्कोतर्फ विभिन्न कारणले सप्ताहमा अनुपस्थित रहँदैमा र दान नगर्दैमा पनि कसैलार्इ अन्यथा सोच्नु गलत हुनेछ । यदि सामाजिक कार्यमा कसैले सहयोग गर्ने चाहे त्यसलार्इ सदैव स्वागत गर्नुपर्दछ ।

लक्ष्यभन्दा बढी दान संकलन भएकोले अब पशुपतिनाथ तथा बौद्ध फाउण्डेसनसँग पहिलेको र अहिलेको गरेर करीब १.८ मिलियन डलरको पूँजी हुनेछ । यो समाचार तयार पार्दासम्म फाउण्डेसनको नेतृत्व र  टास्कफोर्स टीमका सदस्यहरू धमाधम भवन वा जग्गा खोज्नतिर लागिसकेको खबर आएको छ । सप्ताहको आर्थिक प्रतिवेदन सहित फाउण्डेशनको पूँजीगत अवस्था र भवन वा जग्गा प्राप्तीबारे प्रगति विवरण अब हुने टाउन हल मिटिङमा आउने नै छ ।

जग्गा प्राप्त नगरी र्इन्जिनियरिङ डिजाइन सहितको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) नबन्ने हुनाले कम्युनिटी भवन बनाउन कति खर्च लाग्ला यसै भन्न सकिंदैन । म्यासाचुसेट्स राज्यमा घर जग्गाको मूल्य अन्य राज्यको तुलनामा महँगै भएकोले अहिलेको पूँजी पर्याप्त होला भन्न सकिने स्थिति पनि छैन । त्यसैले नपुग रकम र आगामी दिनहरूमा फाउण्डेसनको लागि नियमित र भरपर्दो आम्दानीको श्रोत पहिचान गर्नु अति आवश्यक छ । जसका लागि यी उपायहरू उपयुक्त हुनसक्छन ।

सर्वप्रथम सप्ताहको १००१ मूल आयोजक समितिका सबै सदस्यहरूलार्इ पशुपति बौद्ध फाउण्डेसनको साधारण सदस्य बनाउने र सकेसम्म बढाउने । बार्षिक पन्ध्र डलरका दरले सदस्यता शूल्क लिने । भवन निर्माणको लागि फाउण्डेसनको सहयोगार्थ विभिन्न संघ संस्था र समूहले मान्दै आएका दशैं पार्टी, देउसी भैलो, र नयाँ वर्ष पार्टी लगायतका चाड पर्वहरू मनाउन फाउण्डेसनले आयोजना गर्ने । प्रत्येक कार्यक्रममा १००१ सदस्यहरूलार्इ अनिवार्य रूपमा ३५ डलरको टिकट बिक्री गर्ने ।

यसो गर्दा प्रत्येक कार्यक्रमबाट ३५ देखि ४० हजार डलर उठाउन सकिन्छ । खर्च कटाएर कम्तिमा २० हजार डलर एउटा कार्यक्रमबाट बचाउन सकिन्छ । बर्षमा ८ देखि ९ कार्यक्रमहरू गर्ने भएकोले सदस्यता शूल्क र केही नेपाली चलचित्रहरू समेत चलाउँदा बार्षिक दुर्इ लाख डलर संकलन गर्न गाह्रो पर्ने देखिंदैन, मात्रै सबैमा र्इच्छाशक्ति चाहिन्छ । यसरी हेर्दा एउटा सदस्यले बार्षिक तीनदेखि चारसय डलरको बजेट छुट्याउनुपर्ने देखिन्छ । यसमा मनोरन्जन पनि लिन सकिने हुनाले सामाजिक कार्यको लागि समस्या आउला जस्तो पनि देखिँदैन । यसबाट एकताको सन्देश पनि जाने, नेपाली एकता मजबूत पनि हुने, र नेपालीहरूको सपना पनि साकार हुने । त्यसैले सप्ताह टास्क फोर्स टीम र फाउण्डेसनको नेतृत्वलार्इ यसतर्फ विचार गर्न मेरो सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment