Comments Add Comment

यू-१५ साफमा नेपालको लक्ष्य उपाधि

१ भदौ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने यू-१५ साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनील श्रेष्ठले बताएका छन् ।

बिहीबार भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले पहिलो पटक हुन लागेको यू-१५ साफमा घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो टोली बिजयी हुने दावी गरे ।

उनले भने, ‘हाम्रो समूहमा माल्दिभ्स, भारतजस्ता बलिया टोली छन्, उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने हाम्रो लक्ष्य हो ।’

टोलीका अधिकांश खेलाडीहरु एन्फा एकेडेमीका छन् । गत वर्ष श्रीलंकामा भएको फुटकल फेस्टिवलमा सहभागी भएको टोलीमा केहि फेरबदल गरिएको छ ।

प्रशिक्षक श्रेष्ठले अर्को महिना नेपालमै हुने एएफसी यू-१६ च्याम्पियनसिप छनौटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिता अभ्यास प्रतियोगिताका रुपमा समेत रहेको बताए ।

नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले शतप्रतिशत खेले उपाधि जित्न कठिन नरहेको बताए । उनले टिममा इन्ज्यूरीको समस्या नरहेको पनि बताए ।

प्रतियोगिताको उदघाटन खेल समूह ए का बंगलादेश र श्रीलंकाबीच हुनेछ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment