Comments Add Comment

प्रचण्ड भन्छन्- संविधान संशोधन पारित हुन्छ, एमालेले पनि सघाउँछ

१ भदौ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पारित हुने दावी गरेका छन् । संशोधन विधेयक पारित गर्न प्रमु्ख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्ने दाबी प्रचण्डले गरे ।

बाढी पीडितलाई भेट्न जनकपुर आएका प्रचण्डले बिहीबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हिजो हामीले समर्थन गर्नुस् भनेर सत्तापक्षबाट आह्वान त गरियो तर उहाँहरुले समर्थन गर्न सकिँदैन तर यसलाई टुंगो लगाउन चाहिँ हामी सहयोग गर्छौं भन्नु भएको छ ।’

उनले राजनीतिक दलहरुले पूर्व निर्णयबाट नहटेमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गरे । प्रचण्डले भने, ‘अहिलेसम्म जति पार्टीहरुले समर्थन गरेका छन् त्यो हेर्दा र यदि पहिलाको पोजिसनबाट पार्टीहरु पछि हटेनन् भने पारित हुन्छ ।’

उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने सहमति पनि दलहरुबीच भइसकेको बताए । ‘प्रदेश र केन्द्रको चुनाव एकैदिन गर्न उचित छ,’ प्रचण्डले भने ।

जनकपुरमा प्रचण्डले बाढी र डुबानबाट तराईमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनर्स्थापनाको काममा जुट्न पनि सबैमा आहृवान गरे । उनले तराईका जनतालाई राहत उपलब्ध गराउन पहाडका जनता आतुर रहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले पीडितको राहत, उद्धार र पुनर्स्थापनाको काममा सत्तापक्ष, प्रतिपक्ष सबै दल मिलेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले बुधबार डुबान प्रभावित सप्तरी, सर्लाही र रौतहटको स्थलगत अवलोकन गरी पीडितहरुलाई राहत वितरण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment