Comments Add Comment

ओप्पोद्वारा ‘एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशन’को घोषणा

खेल प्रेमीहरुसँग सम्बन्ध प्रगाढ बनाउने लक्ष्य


१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्यामेरा फोन ब्राण्ड ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिशन सार्वजनिक गर्ने घोषणा गरेको छ ।

मिड रेञ्ज्ड बजार लक्षित अत्याधुनिक प्रविधि, नवप्रबर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स र डिजाइनले सुसज्जित लिमिटेड एडिशनको मुल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

डुअल (दूई ओटा) फ्रण्ट क्यामेरा सहितको फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमताको र सामुहिक सेल्फीका लागि वाइड एंगल लेन्सको ब्यवस्था गरिएको छ । सुस्पष्ट, चहकिलो रातो मेटल बडी सहितको फोनमा रातो र सुनौलो रंगको संयुक्त प्रयोगले एफसी बार्सिलोनाको बिम्ब दिनुका साथै जीवन्त यूवा फेशनको प्रतिनिधित्व समेत गर्छ ।

केही समय अगाडी मात्रै सार्वजनिक गरिएको ओप्पो एफथ्री कै ‘ब्ल्याक लिमिटेड एडिशन’को सफलता पछि कम्पनीले भियाउन लागेको यो दोस्रो लिमिटेड एडिशन हो । सार्वजनिक गर्न लागिएको नयाँ फोनमा गोल्ड प्लेटेड ब्याण्ड्स र एफसी बार्सिलोना लोगोलाई सुहाउने गरी ‘बार्सा रेड’लाई मुख्य रंगका रुपमा प्रयोग गरिएको छ । रातो र सुनौलो रंगको आकर्षक सम्मिश्रणले फोनलाई फेशनेबल तथा आकर्षक लुक्स प्रदान गरेको छ ।

ओप्पोले एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनको माध्यमबाट आफ्ना उपभोक्ता र विशेष गरी खेल प्रेमी यूवाहरु संगको सम्बन्ध थप प्रगाढ गर्ने लक्ष्य लिएकोे छ । आफ्ना उपभोक्ताका आवश्यता र चाहना अनुरुपका उत्पादन उपलब्ध गराइ तिनलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नयाँ लिमिटेड एडिशन नेपाली बजारमा भियाउन लागिएको कम्पनीले जानकारी दिएको छ ।

ओप्पो एफथ्री अन्तर्गतको एफसी बार्सिलोना लिमिटेड एडिशन भदौ ३ देखि देशभरका प्रमुख विक्रिकेन्द्रहरु मार्फत उपलब्ध हुनेछ ।

‘नेपालमा उपस्थिती जनाएको छोटो अवधिमै उपभोक्ताद्वारा प्राप्त उत्साहजन प्रतिक्रिया र मायाका लागि हामी आभारी छौँैँ’ एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनको घोषणा गर्दै नेपालमा ओप्पोका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘उपभोक्ताको माया र सहयोगले नै हामीलाई आज नेपाली स्मार्टफोन बजारमा एक प्रमुख स्मार्टफोन ब्राण्डका रुपमा स्थापित गरेको छ ।’

उपभोक्ताको सन्तुष्टि, तिनको माग र आवश्यकता आफ्नालागि प्रमुख प्राथमिकताका विषय भएको प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए ।

‘खेल प्रेमी यूवा र तिनमा पनि विशेष गरी फुटबल प्रेमीहरु संगको सम्बन्ध थप प्रगाढ बनाउने सोचका साथ यस पटक हामीले एफसी बार्सिलोना लिमिटेड एडिशन भियाइ रहेका छौँ’ उनले भने ‘विगतमा झैँ नयाँ उत्पादनलाई पनि उत्तिकै मनपराइ दिनु हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । ‘

डुअल सेल्फी क्यामेराका साथै एफथ्रीमा १/३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा छ । साथै, कलर ओएस ३.० मा आधारित एफथ्रीमा ओक्टा-कोर प्रोशेसर र झञ्झट रहित तिब्र कार्य प्रदर्शनीका लागि ४ जीबी र्‍याम र ६४ जीबी रोम उपलब्ध छ ।

फोनमा एकै पटक दूई ओटा नानो सिम र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने टि्रपल स्लोट कार्ड ट्रे पनि छ । प्रयोगकर्ताले फोनको प्रयोग लामो समयसम्म निरन्तर गर्न सकुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको परिक्षणमा ब्याट्रीले लगातार १५ घण्टा सम्म काम दिएको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment