Comments Add Comment

चितवन समाज जापानको अध्यक्षमा राजनकुमार श्रेष्ठ सर्वसम्मत्

१७ अगष्ट, टोकियो । चितवन समाज जापानको अध्यक्षमा युवा व्यवसायी राजनकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

टोकियोमा सम्पन्न समाजको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा अर्जुन अधिकारी, उपाध्यक्षद्वयमा दीपक गौतम र ईश्वरी कंडेल चुनिएका छन् ।

त्यसैगरी समाजले महासचिवमा हरिचन्द्र पौडेललाई चुनेको छ भने पत्रकार सन्तोषबावु चोखाल, सतिश भट्टराई र समर्पण गदेल सचिव पदमा सर्वसम्मत चयन भएका छन् ।

समाजले कोषाध्यक्षमा टंकनाथ गैरे र सह-कोषाध्यक्षमा नारायण कंडेललाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यमा राम थापा (अनिल), नारायण अधिकारी, शरद गुरुङ, गान्धिकुमार पाठक, सौगात गुरुङ, कमला गैरे, उत्तम पण्डित, बिकास सुवेदी, विमल कंडेल र विशाल बर्तौला चयन भएका छन् । बाँकी एक जना सदस्य छिट्टै मनोनित गर्ने समाजले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्य र समाजका निवर्तमान अध्यक्ष सरोज कंडेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा वाषिर्क र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका भातृ संगठनका प्रतिनिधिहरु लगायत जापानबासी चितवनेहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment