Comments Add Comment

बाढीपीडितका लागि सरकारले माग्यो दातासँग सहयोग

अनियमितता हुन नदिने प्रतिबद्धता

१ भदौ, काठमाडौं । बाढी, पहिरो र डुबानको विपत्तीको सामना गरिरहेको सरकारले दाता र सामाजिक संघ संस्थाहरुसँग सहयोग मागेको छ । सो सहयोगमा अनियमितता हुन नदिने र प्रभावित क्षेत्रमा न्यायोचित ढंगले वितरण गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ ।

गृहमन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर दाताहरुबाट सहयोग लिन नरोकिएको बरु सहयोग लिन चाहेको बताएको छ । ‘दाताहरुलाई सहायता दिन रोकिएको अवस्था विद्यमान छैन,’ गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सरकार दाताहरुसँगको सहयोग जनतासमक्ष पुर्‍याउन, समानुपातिक तथा न्यायोचित वितरण गर्न र कुनै पनि अनियमितता हुन नदिन प्रतिवद्ध छ ।’

बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रका व्यक्ति तथा परिवारलाई सहयोग गर्न चाहने, सेवा गर्न चाहनेहरुलाई स्थानीय सरकार, जिल्ला दैवी प्रकोप उद्धार समिति, केन्द्रीय दैवी प्रकोप उद्धार समिति र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सम्पर्क तथा समन्वय गर्न गृहले आग्रह गरेको छ ।

सरकारले हाल बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुसहितको संयन्त्र र जनप्रतिनिधि निर्वाचित भई नसकेका स्थानीय तहरुमा साझा संयन्त्रमार्फत् राहत वितरण गर्दै आएको छ । तर, राहत वितरणमा एकद्वार प्रणाली अपनाइएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

बाढी पहिरोबाट हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ भने २५ जना घाइते र ३३ जना वेपत्ता छन् ।

पढ्नुहोस् गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment