Comments Add Comment

लण्डन नगएर के साम्राज्ञी ‘ए मेरो हजुर २’ प्रचारमा लागेकी हुन् ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला बेलायतको राजधानी लण्डनमा हुनुपर्ने हो । तर, उनी बिहिबार काठमाण्डौको बीग मुभिजमा आयोजित चलचित्र ‘ए मेरो हजुर २’को एक गीत सार्वजनिक कार्यक्रममा उपस्थित थिइन् ।

भिडियोमा हेर्नुहोस् साम्राज्ञी र सलिनको सेल्फी क्रेज

रमाइलो गर्दै कार्यक्रम संचालक नरेश भट्टराइले भने-‘साम्राज्ञी लण्डन नआएर अहिले नेपालमा चलचित्रको प्रचारमा व्यस्त छिन् भन्ने चर्चा लण्डन भरी छ ।’ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि उनी लण्डन पुग्नुपर्ने हो ।
चलचित्रकी निर्देशक रेनशा वान्तवा राइ, नव-नायक धिरज मगरदेखि टिम अहिले लण्डनमा छ । तर, साम्राज्ञीको भिसा नआएकाले उनी लण्डन जान नपाएकी हुन् । साम्राज्ञी लण्डन जान नपाउँदा ‘ए मेरो हजुर २’को प्रचारमा दौडिरहेकी छिन् । साम्राज्ञी लण्डन नपुग्दा निर्देशक वान्तवालाई घाटा लागिरहेको छ भने झरनालाइ भने फाइदा नै भएको छ ।

बिहिबार काठमाण्डौको बीग मुभिजमा आयोजित कार्यक्रममा ‘ए मेरो हजुर २’ चलचित्रका कलाकारको सेल्फी क्रेज गजबको देखियो । नायिका साम्राज्ञी, नायक सलिनमान बनियाँ, नायक सलोन बस्नेत, निर्देशक झरना थापादेखि गायिका इन्दिरा जोशी, गायक राजेशपायल राइको सेल्फीमा रमाएका थिए ।

उनीहरुले, अगाडिका २ गीत जस्तै चलचित्रको तेश्रो गीत पनि उत्कृष्ट बनेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे ।

तस्बिर तथा भिडियोः कमल प्रसाइ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment