Comments Add Comment

कैलालीमा कार दुर्घटना, चार घाइते

१ भदौ, कैलाली । पूर्वपश्चिम राजमार्गमा पर्ने कैलालीको गौरीगंगा नगरपालिका-६ बनबेहडा नजिकै भएको कार दुर्घटनामा ४ जना घाइते भएका छन् ।

धनगढीबाट चिसापानी जाँदै गरेको बा १४ च ६३७४ नम्बरको कार अनियन्त्रित भइ राजमार्गबाट खसेको थियो ।

दुर्घटनाका सबै घाइतेहरु धनगढीका हुन् । २० वर्षीय रिदम मगर, १९ वर्षीय रेणु मगर, २२ वर्षीय दिपेन्द्र स्वार र २६ वर्षीय आशिष सेठी घाइते भएका छन् ।

रिदम र रेणुको अवस्था चिन्ताजनक रहेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु सबैको अत्तरियास्थित पध्मा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा २० वर्षीय कार चालक बिकास हमाल भने सामान्य घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment