Comments Add Comment

राहत लिएर बाढी प्रभावित सुकुम्बासी बस्तीमा पुगिन् पूजा


चलचित्र ‘प्रेमगीत र म यस्तो गीत गाउँछु’को सफलतापछि नेपाली चलचित्र क्षेत्रमा चर्चित बनेकी नायिका पूजा शर्माले सामाजिक सेवामा पनि आफूलाई अगाडि ल्याएकी छिन् ।

चितवनको रत्ननगर ५ स्थित बाढीबाट प्रभावित सुकुम्बासी बस्तीमा पुगेर उनले राहत वितरण गरेकी छिन् । पूजा सुकुम्बासी बस्तीमा पुग्दा स्थानियहरु हषिर्त देखिएका थिए । केही दिन अगाडिको अविरल बषर्ापछि आएको बाढी पहिरोका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थानियहरुलाई पूजाले खुशी दिइन् । १ लाख भन्दा बढीको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गर्दा पूजा निकै खुशी र भावूक पनि देखिइन् । नायिकाले ६० घर सुकुम्बासीहरुलाइ राहत वितरण गरेकी हुन् ।

पूजाले भनिन्-‘अझै पनि घरमा हिलो छ । खाने र बस्ने टुंगो छैन । उहाँहरुलाइ हामी सबैको सहयोगको खाँचो छ ।’ पूजासँगै रत्ननगरको सुकुम्बासी बस्तीमा पुगेका निर्देशक सुदर्शन थापाले गफ भन्दा पनि काम गरेर देखाउन आवश्यक रहेको बताए ।

पूजाले हलमा आफूहरुको चलचित्र लाग्दा साथ दिने दर्शकलाइ आपत्त पर्दा साथ दिनुपर्ने बताइन् । उनले अझै पनि बाढी प्रभावितहरुलाइ राहत वितरण गर्ने योजना रहेको बताइन् । पूजा र सुदर्शनसँगै राहत वितरणमा पुगेका निर्देशक शोभित बस्नेतले नायिकाको समाजसेवाको तारिफ गरे । गत साउन २८ गते राप्ती नदिमा भीषण बाढी आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment