Comments Add Comment

बिजी मलमा सुरु भयो ‘मनसुन फेस्ट सेल’, ५० प्रतिशतसम्म छुट


१ भदाै, काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ ।
१७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘मनसुन फेस्ट सेल’को आयोजना गरिएको मलले जानकारी दिएको छ । ‘मनसुन फेस्ट सेल’ भदौ १ गतेदेखि १७ गतेसम्म तदनुसार अगष्ट १७ देखि सेप्टेम्बर दुई तारिखसम्म सञ्चालन हुनेछ ।

सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा,जुत्ता चप्पल,खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ ।

ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्न सक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

साथै ‘मनसुन फेस्ट सेल’अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत प्रस्तुत हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment