Comments Add Comment

वर्ल्डलिङ्कको सेवा अब नयाँबानेश्वरबाट पनि

१ भदौ, काठमाडौं । वर्ल्डलिङ्कले नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखा खोलिएको हो ।

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वर्ल्डलिङ्कसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्नेछन् । यतिमात्र नभई विभिन्न शाखा विस्तार पश्चात् देशका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसहरुले सजिलै वर्ल्डलिङ्क को सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने कम्पनीले जनाएको छ ।

यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान रहेको छ । साथै १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने प्रावधान रहेको छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने छ ।

हालमा वल्र्डलिङकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौं भित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment