Comments Add Comment

लण्डन नगएर के साम्राज्ञी ‘ए मेरो हजुर २’ प्रचारमा लागेकी हुन् ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला बेलायतको राजधानी लण्डनमा हुनुपर्ने हो । तर, उनी बिहिबार काठमाण्डौको बीग मुभिजमा आयोजित चलचित्र ‘ए मेरो हजुर २’को एक गीत सार्वजनिक कार्यक्रममा उपस्थित थिइन् ।

भिडियोमा हेर्नुहोस् साम्राज्ञी र सलिनको सेल्फी क्रेज

रमाइलो गर्दै कार्यक्रम संचालक नरेश भट्टराइले भने-‘साम्राज्ञी लण्डन नआएर अहिले नेपालमा चलचित्रको प्रचारमा व्यस्त छिन् भन्ने चर्चा लण्डन भरी छ ।’ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि उनी लण्डन पुग्नुपर्ने हो । 
चलचित्रकी निर्देशक रेनशा वान्तवा राइ, नव-नायक धिरज मगरदेखि टिम अहिले लण्डनमा छ । तर, साम्राज्ञीको भिसा नआएकाले उनी लण्डन जान नपाएकी हुन् । साम्राज्ञी लण्डन जान नपाउँदा ‘ए मेरो हजुर २’को प्रचारमा दौडिरहेकी छिन् । साम्राज्ञी लण्डन नपुग्दा निर्देशक वान्तवालाई घाटा लागिरहेको छ भने झरनालाइ भने फाइदा नै भएको छ ।
उनीहरुले, अगाडिका २ गीत जस्तै चलचित्रको तेश्रो गीत पनि उत्कृष्ट बनेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे ।बिहिबार काठमाण्डौको बीग मुभिजमा आयोजित कार्यक्रममा ‘ए मेरो हजुर २’ चलचित्रका कलाकारको सेल्फी क्रेज गजबको देखियो । नायिका साम्राज्ञी, नायक सलिनमान बनियाँ, नायक सलोन बस्नेत, निर्देशक झरना थापादेखि गायिका इन्दिरा जोशी, गायक राजेशपायल राइको सेल्फीमा रमाएका थिए ।

तस्बिर तथा भिडियोः कमल प्रसाइ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment