Comments Add Comment

जव एक प्रधानमन्त्रीलाई भनियो, बीस मिनेट कुर्नुस्

यस्ता घटना निक्कै थोरै हुन्छ र सुन्दैमा पनि अचम्म लाग्छ । सिकागोमा पढिरहेकी आयरल्याण्डकी एक छात्राका साथ पनि यस्तै भयो ।
एम्माले आफ्नै प्रधानमन्त्रीलाई चिन्न सकिनन् । उनले लियो बराडकर र उनका साथीहरुलाई २० मिनेट कुर्न भनिन् ।डब्लिनकी एम्मा केली पढाइका अलावा एक रेन्टुरेन्टमा काम पनि गर्छिन । गएको आइतबार राति उनको रेन्टुरेन्टमा आयरल्याण्डका प्रधानमन्त्री लियो बराडकर आफ्ना केहि साथीहरुसँगै छिरे ।

आखिरमा लियो बराडकर र उनका साथीहरुलाई बस्नका लागि एउटा सानो टेवल उपलब्ध गराइन् र सोधिन्, ‘तपाईहरु आइरिस नै हो ?’

जव एम्माकी एक साथीले उनलाई लियो बराडकरको पहिचान बताइन् र यस भेटका बारेमा ट्वीट पनि गरिहालिन् ।

एम्माले आफ्नो ट्वीटमा भनिन्, ‘इमानदारीताका साथ भन्छु कि म कस्तो बेबकुफ रहिछु ।’

२० वर्षकी एम्मा आफ्नो यस बेहोसी कृयाकलापप्रति लज्जितसमेत छिन् ।

जव उनलाई थाहा भयो कि ती व्यक्ति उनका प्रधानमन्त्री थिए, उनले बराडकरलाई एउटा ठूलो टेवल उपलब्ध गराइन् र माफी पनि मागिन् ।

एम्माको ट्वीटमा लियो बराडकरले जवाफ पनि दिएका छन्, ‘धन्यबाद एम्मा, रेस्टुरेन्टको खाना र सर्भिस निक्कै उत्कृष्ट थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment