Comments Add Comment

बार्सिलोनामा आतंकवादी हमला हुँदा १३ को मृत्यु

दोस्रो आक्रमणको प्रयास रोकेको प्रहरीको दाबी

२ भदौ, काठमाडौं । स्पेनको बार्सिलोनामा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ । त्यहाँको आक्रमण रोक्न प्रहरीले कैयौं गोली चलाएको छ र केही व्यक्ति मारिएका छन् ।

प्रहरीले मानिसहरुलाई सडक क्षेत्रबाट टाढै रहन अपिल गरेको छ ।

यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण भएको थियो । आक्रमणकारीले मानिसहरुको भिडमा लगेर भ्यान जोताउँदा मानिसहरुको हताहती भएको थियो । यो आक्रमणमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसलाई ‘आतंककारी हमला’को संज्ञा दिएको छ । आक्रमणमा स्लामिक स्टेटको संलग्नता रहेको अनुमान छ ।

भ्यान भाडामा लिएर आक्रमण भएको थियो । भाडामा लिने व्यक्ति मोरक्कोमा जन्मिएका द्रिस उकाबिर रहेको भन्दै प्रहरीले उनको स्केच पनि सार्बजनिक गरेको छ । उनले भ्यान मानिसहरुको भिडमा ठोक्काएपछि गाडीबाट झरेर पैदल भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

विश्व नेताहरुबाट निन्दा

आक्रमण सुरु भएपछि मानिसहरुको भागदौड मच्चिएको थियो । कतिपय क्याफे र पसलहरुमा लुकेर बसेका थिए । प्रहरीले मानिसहरुलाई राम्बलास क्षेत्रबाट टाढै रहन भनेको छ । भूमिगत सन्जाल तथा रेल्वे स्टेशनहरु पनि बन्द गरिएको छ ।

बार्र्सिलोनाको यो हमलाको विश्वका नेताहरुले निन्दा गरेका छन् । अमेरिका, फ्रान्स, व्रिटेन लगायतले आक्रमणको निन्दा गर्दै यसबाट बिचलित नहुने र आतंकवादको सामना गर्ने बताएका छन् । , युरोपेली आयोगका अध्यक्ष जँ क्लद युंकरले आक्रमणलाई जंगली भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment