Comments Add Comment

सुत्केरी र बालबालिकालाई चाउचाउ, किरियापुत्रीलाई चिउरा

२ भदौ, काठमाडौं । ‘बार मलाई थाहा भएन, मध्याह्नको समय थियो, श्रीमान मजदुरीमा गएका थिए, रातिदेखिकै पानीले घरको दायाँ भित्तो लड्यो,’ बाढीले विस्थापित बारा सिमराकी २९ वर्षीया परमशिलादेवी पासवान भन्छिन्, ‘दिउँसो आएको बाढीले हेर्दाहेर्दै गाउँका सबै घर बगाउन थाल्यो, अरू भागेको देखेर म पनि पाँच दिनको बच्चा लिएर घर छोडेका कारण मात्र बाँचे ।’

बर्सेनि जब पानी पर्न थाल्छ उनीहरू सबैभन्दा पहिले बालबच्चा, बिरामी र सुत्केरी–गर्भवती महिलालाई अन्यत्र सार्ने तयारीमा रहन्छन् । यसपटकको बाढीले भने उनीहरूको तयारीलाई भताभुंग बनाइदियो । बाढीले कसैको ज्यान नलिए पनि सबैको जेथाचाहिँ आफूसँगै लग्यो ।पाँचौं छोरी जन्मिएको पाँच दिन मात्र भएको थियो, पासवानको घर बाढीले बगाउँदा । उनले गहभरी आँसु बगाउँदै भागेर आफू र बालबच्चाको ज्यान बचाएको बताइन् ।

सुत्केरी पासवान ११ दिनकी छोरी लिएर नजिकै रहेको एक प्राथमिक विद्यालयमा आश्रय लिइरहेकी छन् । पाँचवटा कक्षाकोठा रहेको स्कुलमा बस्तीका करिब ३० घरपरिवारले मिलिजुली बिचल्लीको समय बिताइरहेका छन् । घर बाढीले लगेपछि स्कुलमा बसिरहेकी १८ वर्षीया कुसुम पासवान पनि यही महिना गर्भवती हुँदै छिन् । पेटमा नौ महिनाको गर्भ बोकेर बाढीबाट बाचेकी कुसुम अहिले बिरामी छिन् । घरमा भएको ओढ्ने ओछ्याउने बाढीले लगेपछि स्कुलको बरन्डामा दुई दिनदेखि चिउरा र दालमोठका भरमा रात बिताइरहेको कुसुम परिवारलाई बिरामी पर्नेभन्दा बच्चा जन्मिहाले कसरी त्यसको स्याहार गर्ने भन्ने चिन्ताले सताएको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment