Comments Add Comment

वाईसीएलको राष्ट्रिय सम्मेलन आज, यी हुन् अध्यक्ष र महासचिवका दाबेदार

२ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कोटेश्वर पार्टी प्यालेसमा बिहान १० बजे माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्नेछन् ।

आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने वाईसीएलका महासचिव रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए ।

बन्दसत्रमा ५७० जना प्रतिनिधिको सहभागिता रहने वाईसीएलले जनाएको छ । सम्मेलनबाट १७ सदयस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

यी हुन् अध्यक्ष र महासचिवका दाबेदार

अध्यक्ष पदमा दिपशिखा र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ मुख्य दाबेदार छन् । सिन्धुपाल्चोक निवासी दिपशिखा हाल वाईसीएलको महासचिव छन् भने कालिकोट निवासी चौलागाईं उपाध्यक्ष छन् ।

यसैगरी अर्को शक्तिशाली पद महासचिवमा सुवोधराज शेर्पाली र सुमन देवकोटा मुख्य दाबेदार छन् ।

सम्मेलनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक जनासहित उपाध्यक्ष ३ जना चयन गर्नेछ । यस्तै सचिव ११ जना चयन हुनेछन् । सातवटा प्रदेशबाट सातजना, खुलाबाट एक जना, समावेशीबाट तीन जना गरी जम्मा ११ जना सचिव हुनेछन् ।

पदाधिकारी सरह अनुशासन र लेखा समितिका अध्यक्ष पनि रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment