Comments Add Comment

स्पेनिस पुलिसले रोक्यो दोस्रो आक्रमण

२ भदौ, काठमाडौं । पाँच आक्रमणकारीलाई मारेर क्याम्ब्रिल्समा सम्भावित आक्रमणमा रोकेको स्पेनिस पुलिसले बताएको छ ।

क्याम्ब्रिल्स बन्दरगहा नजिकै गोली चलेको आवाज सुनिएको छ । लगतै प्रहरीले मानिसहरुलाई सडकबाट टाढा रहन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि बार्सिलोनाको राम्बलासमा एक भ्यानले मानिसहरुलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको थियो । यो घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

स्पेनिस प्रधानमन्त्रीले यो घटनालाई ‘जिहादी हमला’ भनेका छन् ।

प्रहरीले एक आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ, जसले हमलामा प्रयोग भएको भ्यान भाडामा लिएका थिए । स्थानीय सञ्चार माध्यमहरुका अनुसार २० वर्षका उनको नाम ड्रिस हो र उनको जन्म मोरक्कोमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment