Comments Add Comment

ताप्लेजुङमा अझै खुलेन ब्लड बैंक, बिरामी मर्कामा

२ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा एक सरकारीसहित दुईवटा अस्पताल सञ्चालनमा रहे पनि रक्त संचार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामी मर्कामा परेका छन् ।

आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामी मर्कामा पर्ने गरेका छन् ।

जिल्ला रेडक्रस शाखामा समेत रक्तसञ्चार केन्द्र नभएकाले बिरामीको उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । स्थानीय सञ्चारकर्मी र नेपाली सेनाका जवानहरुले अभावका बेला रगत दिएर सहयोग गर्ने गरेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नु पर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् ।
बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भए पनि रक्त सञ्चार केन्द्र नभएकाले उपचारमा ढिलाई हुने गरेको डाक्टर भुपाल न्यौपानेले बताए ।
आर्थिक रूपमा सक्षम समुदायले हेलिकप्टर चार्टर गरेर सहरका सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्छन् । तर रगत अभावमा पिछडिएका, लक्षित, विपन्न वर्गको पहुँच नपुग्ने हुँदा मृत्युलाई भाग्यको खेल सम्झनुको विकल्प नभएको स्थानिय धर्म पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment