Comments Add Comment

रिजउड नेपाली समाजको महापुराण तयारी पूरा

बाढीपीडितलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय

१८ अगस्ट, अमेरिका । रिजउड नेपाली समाजले श्रीमदभागवत महापुराणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले आगामी अगस्त २३–२९ सम्म श्रीमदभागवत महापुराण आयोजना गर्दैछ ।
समाजले अमेरिकामा रहेका सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै भक्तजनहरुका लागि सुलभ यातायातको व्यवस्था मिलाएको जनाएको छ । समाजले दस लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्य श्रीमदभागवतमार्फत लिएको छ ।

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माण सहयोगार्थ समाजले सप्ताहव्यापी दोस्रो श्रीमद्भभागवत पुराणको आयोजना गर्न लागेको हो ।

श्रीमदभावत महापुरण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा हुन लागेको हो ।

यसैबीच, समाजले तराईका बाढीपीडितलाई सहयोग गर्न राहत संकलन थालेको छ । रिजउड नेपाली समाजका पदाधिकारीले बुधबार मात्रै मधेसी एसोसिएसन इन अमेरिकालाई करिब दुईलाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सन् २००३ मा स्थापना भएको रिजउड नेपाली समाज गैरराजनीतिक तथा गैर नाफामुलक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment