Comments Add Comment

दया र शान्तीको ‘नीरफूल’, रेखा विशेष भूमिकामा


चलचित्र ‘नीरफूल’को ७० प्रतिशत छायांकन सकिएको यसको निर्माणपक्षले बताएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले माघ महिनामा चलचित्र रिलिज गर्ने तयारी गरिएको जानकारी दिएको छ । संचारकर्मी, कवि एवं कथाकार फूलमान बलले यो चलचित्रको निर्देशन गरेका हुन् ।

भूकम्पले छिन्नभिन्न बनाएको एक परिवारले पूर्नमिलनको लागि गर्ने संघर्षको कथालाइ यो चलचित्रले उठान गरेको छ । यो चलचित्रको छायांकन गणेश हिमाल मुनीको रुवी भ्याली र काठमाण्डौमा भैरहेको छ । चलचित्रमा नायक दयाहाङ राइ र कलाकार शान्ती वाइवा मुख्य भूमिकामा देखिदैछन् । नायिका रेखा थापालाइ दर्शकले चलचित्रमा विशेष भूमिकामा देख्न पाउनेछन् ।

नायक दयाहाङ राइले चलचित्रको कथावस्तु मन परेकाले आफूले काम गरेको सुनाए । उनले अहिले आफूले चलचित्रको कथावस्तु र पारिश्रमिक हेरेर मात्र काम गर्ने गरेको पनि बताए ।

उनले यो चलचित्रमा बलियो र मनछुने भूमिका निर्वाहा गरेको पनि जानकारी दिए । चलचित्रमा विशेष भूमिकामा रहेकी नायिका रेखा थापाले कथाले आफूलाइ तानेको बताइन् । यस्तै, कलाकार शान्ती वाइवाले चलचित्रमा आफू नायक दयाहाङ राइकी श्रीमतिको भूमिकामा देखिने बताइन् । चलचित्रको कथा, पटकथा तथा गीत पनि फूलमानले नै लेखेका छन् । उनले भूकम्पपछि दिमागमा यो चलचित्रको कथा क्लिक भएको सुनाए ।

उनले भने-‘यो धादिङ रुवी भ्यालीको एउटा परिवारको कथा हो । यो ठाउँको भूगोल, प्रकृति र संकृतीबारे अहिलेसम्म बाहिर आएको छैन । यसैले, यो चलचित्रले रुवी भ्यालीलाइ पनि चिनाउनेछ ।’ यो चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम हुन् । यसबाहेक निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन् ।

चलचित्रमा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । एशोयिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment