Comments Add Comment

जोनी लिभरः डटेपन बेच्दै कसरी बलिउडमा प्रवेश गरे ?

जोनी लिभर, हिन्दी फिल्ममा सर्वाधिक देखिने अनुहार । पत्यारिलो नलाग्न सक्छ, बलिउडमा प्रवेश गर्नुअघि उनको हालत एकदमै खराब थियो । अति गरिब पृष्टभूमीबाट उनले आफुलाई उठाएका हुन् ।

उनी भारतको आन्ध्र प्रदेशस्थित कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका थिए । परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो । त्यही कारण उनले पढ्न पाएनन्, ७ कक्षाभन्दा बढी । गरिबीले लखेट्दै उनलाई मुम्बई ल्याइपुर्‍यायो ।

पेट भर्नका लागि उनी मुम्बईको सडकमा डटपेन बिक्री गर्न थाले । तर, ग्राहकलाई तान्ने उनीसँग अनौठो कला थियो । जोनी लिभर बलिउड फिल्मको गीतमा नृत्य गर्दै र कलाकारको अभिनयको नक्कल गर्दै डटपेन विक्री गर्थे ।

यहि क्षमताको कारण उनले स्टेजमा आफ्नो प्रतिभा देखाउने अवसर पाए । संयोगले एक स्टेज शोमा उनलाई सुनील दत्तले देखे । सुनील दत्तले नै उनलाई फिल्ममा प्रवेश गराए, ‘दर्द का रिश्ता’मार्फत ।

‘बाजीगर’ फिल्मपछि भने उनको चर्चा चुलियो । बाजिगर यता उनले तीन सय बढी फिल्ममा हास्य अभिनेताको रुपमा आफुलाई पेश गरे । मुम्बईको सडकमा डटपेन बेच्ने उनी अहिले करडौका मालिक बनेका छन् । उनीसँग करिब ३० मिलियन डल बराबरको सम्पति छ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment