Comments Add Comment

सिटिजन्स बैंकले १७ प्रतिशत लाभांश दिने


२ भदौं, काठमाडौं । सिटिजन्स बैंकले १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको भदौं १ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकबाट यो निर्णय स्वीकृत र बैंकको साधारण सभाबाट पारित हुँन बाँकी रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १३.८१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको थियो ।

बैंकले सञ्चितीबाट पनि केही रकम लाभांश दिन प्रयोग गरेको देखिन्छ । बैंकले गत आव २०७३र७४ मा १२.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment