Comments Add Comment

प्रियंका र आयुष्मानलाई जब गर्मीले सतायो…


बुधबार बेलुकी आयोजित चलचित्र ‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा विभिन्न रोचक दृश्यहरु देखिए । यीनै रोचक दृश्यहरुको विचमा नायक आयुष्मान देशराज र नायिका प्रियंका कार्कीविचका रमाइला दृश्य पनि देखिए ।

भाइ आशिरमानको डेब्यू चलचित्र भएकाले शुभकामना र हौसला दिनका लागि पुगेका आयुष्मान र प्रियंकालाई हलमा प्रवेश गर्ने वित्तिकै खुबै गर्मी भयो । यतिसम्म कि, उनीहरु हात हल्लाएरै शित्तलता प्राप्त गर्ने कोशिशमा थिए ।

यो पि्रमियरमा पहिलो पटक आयुष्मान र आशिरमानका पिता पनि पुगेका थिए । तर, धेरैको ध्यान लभ जोडीले नै तान्यो । आयुष्मानलाइ गर्मी भएको थाहा पाएपछि, प्रियंकाले हातमा बोकेको निमन्त्रणा पत्रले नै शित्तलता दिने कोशिश गरिन् । आयुष्मान पनि विभिन्न शैलीमा प्रियंकासँग जिस्किदै थिए ।

पत्रकार, चलचित्रकर्मी र विभिन्न क्षेत्रका मानिसहरुको भीड लागेको प्रिमियरमा आयुष्मान र प्रियंकाको गर्मी भएपछिको शित्तलता प्राप्त गर्ने तरिका भने हाइलाइटमा रह्यो ।

चलचित्रको व्यापारमा असर पर्ने भन्दै ‘छक्का पन्जा २’ टिमले यी दुइ कलाकारलाइ सार्वजनिक कार्यक्रममा धेरै नदेखिन भनेको छ । तर, पनि क्यामेराको अगाडि यो लभ बर्डलाइ गसिप मेकिङ गर्न कसले रोक्न सक्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment