Comments Add Comment

इन्गेजमेन्टको औंठी भेटिएको खुसियालीमा ५ हजार प्लेट चाउचाउको भोज

स्वयंबरको औंठीको मूल्य कति ठूलो हुन्छ भन्ने कुरा चीनका एक व्यक्तिले पुष्टि गरिदिएका छन् । आफ्नो हराएको इन्गेजमेन्टको औंठी भेटिएको खुसीयालीमा दक्षिण–पश्चिमी चीनको चोंगक्विंगका एक व्यक्तिले ५ हजार प्लेट चाउमिनको भोज गरेका हुन् ।

वांग थर भएका ती व्यक्तिले आफ्नो प्रेमको वर्षगाँठको अवसरमा प्रेमिकालाई सरप्राइज दिन चाहन्थे । अगष्ट १३ को त्यस दिन उनीहरुको इन्गेजमेन्ट पनि हुनेवाला थियो । त्यसका लागि उनले झन्डै ४५ हजार डलर मूल्यको हिराको औंठी किनेका थिए । उनले उक्त दिन बिहानैदेखि तयारी थालेका थिए । होटेलमा गएर लञ्च खाइरहेको समयमा एक्कासि उनलाई प्रेमिकाको फोन आयो र सिटबाट उठेर फोन उठाउँदै बाहिर गए । जब उनी फोनमा कुरा सकेर सिटमा फर्किए तब उनको हिराको औंठी राखेको ब्याग हराइसकेको थियो ।

तर, भाग्यवस् उनले सिटमै छाडेको उक्त ब्याग एकजना ग्राहकले देखेर होटेल म्यानेजरलाई बुझाइदिएका रहेछन् । होटेल म्यानेजरले उक्त ब्याग वांगलाई फिर्ता गरे । वांगको खुसीको सीमा रहेन ।

अर्को दिन अकस्मात वांग उक्त होटेलमा पुगे । उनले होटेल म्यानेजरलाई सोधे – दिनमा अधिकतम कति प्लेट चाउचाउ बेच्नुहुन्छ ?

झन्डै ५ हजार प्लेट बेच्ने गरिएको जवाफ होटेलका कर्मचारीले दिएपछि उनले त्यसको पैसा हिसाब गर्न लगाए अनि ३५ हजार युआन रकम होटेल म्यानेजरलाई दिए ।

अनि वांगले होटेल म्यानेजरलाई भने – ५ हजार प्लेट चाउचाउ तयार गर्नुहोस् र सबै जनालाई आजको लागि सित्तैमा खान बोलाउनुहोस् ।

साथै वांगले हिराको औंठी भएको ब्याग फिर्ता गरेकोमा होटेललाई धन्यवाद पत्र पनि दिएका छन् । जसमा उनले आफ्नी प्रेमिकाले आफ्नो इन्गेजमेन्ट प्रस्ताव स्वीकार गरेको उल्लेख गरेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment