Comments Add Comment

संघीय फोरमद्वारा पार्टी नेतादेखि कार्यकर्तासम्म रकमै तोकेर राहत संकलन

सांसदले एक महिनाको तलब र कार्यकर्ताले एक सय रुपैयाँ दिनुपर्ने

२ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पार्टी पदाधिकारीदेखि कार्यकर्ता तहसम्म रकम नै तोकेर बाढी पीडितका लागि राहत संकलन गरेको छ ।

सांसदहरुले एक महिनाको तलब, पदाधिकारी तथा राजनीतिक समिति सदस्यहरूले ३ हजार, केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूले २ हजार र केन्द्रीय परिषद सदस्यहरूले एक हजार रुपैयाँ केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ । क्रियाशिल सदस्यहरूलाई एक सय रुपैयाँ तोकिएको छ । नेपाली संघीय समाजबाट नेफेसो केन्द्रीय सम्पर्क समितिले तोके बमोजिम दायीत्व बहन गर्नुपर्ने छ ।

संघीय फोरमले सबै नेता कार्यकर्ता तथा देश विदेशका पार्टी तथा भातृ संगठहरूलाई पनि मन खोलेर सहयोग गर्न अपिल गरेको छ ।
काठमाडौं उपत्यकामा सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा राहत संकलन अभियान पनि फोरमले चलाएको छ ।

काठमाडौं र ललितपुरमा राहत संकलन गरिसकेको फोरमले अब भक्तपुरमा राहत संकलन गर्ने योजना बनाएको छ ।

अभियानको क्रममा संकलित लत्ताकपडा, खाद्यान्न, औषधि र नगदलाई तत्कालै बाढी पहिरो प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment