Comments Add Comment

एभरेष्ट बैंकको नाफा १४ प्रतिशत बढ्यो


२ भदौं, काठमाडौं । गत आव २०७३/७४ मा एभरेष्ट बैंकको नाफा १४ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ७३ करोड रहेको थियो ।

यससँगै वित्तीय विवरण प्रकाशित गरेका २५ मध्ये २२ बैंकको नाफा अर्बमाथि पुगेको छ । कुल २५ बैंकको नाफामा भने करिब २६ प्रतिशतले वृद्धि भएर ४३ अर्ब पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी १५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३४ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ५६ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ४ करोड फिर्ता ल्याएको छ । यसपटक पनि सम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले १२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.५१ प्रतिशत रहेको छ भने प्रावधान १ सय प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ७४ करोड रहेको छ । बैंकले हकप्रदको कल इन एड्भान्स वापतको १ अर्ब १३ करोड रुपैयाँ र परिवत्य अग्राधिकार सेयरवापतको ८ करोड रकम पनि पुँजीमा जोडेर देखाएको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफलमा खासै परिवर्तन भएको छैन् । यो दर २३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ४३.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३० गुणा र प्रतिसेयर नेटवर्थ २ सय २९ रुपैयाँ रहेको छ ।

बैंकको सञ्चिती ५ अर्ब ८८ करोड रहेको छ । बैंकको निक्षेप संकलन १.४४ प्रतिशतले बढेर ९५ अर्ब र कर्जा लगानी १३ प्रतिशतले बढेर ७८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७६ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ७.६८ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १४.८५ रहेको छ ।

बैंकको कर्मचारी लागत १९ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ३३ अर्ब र सेयर धितोमा कर्जा १ अर्ब २८करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment