Comments Add Comment

‘अनमोल र प्रदिपविच पारिश्रमिक र स्टारडमको टकराव

'अनमोल पहिलो रोजाइ हुन् भने 'लिलिबिली'मा काम गर्दिनँ': प्रदिप खड्का

कुनै समय थियो, जतिबेला नेपालमा नम्बर १ को भन्ने लडाइ खुबै चल्थ्यो । केही कलाकारहरु पत्रकारकोमा आफूलाइ बर्षकै नम्बर १ नायिका वा नायक भनेर समिक्षा गर्दिन भन्दै धाउथ्य । तर, यो लडाइ चलचित्र बजारमा केही समय रोकियो । कारण, नेपालमा स्टारडमको अभाव थियो ।

अहिले फेरि नेपाली चलचित्र बजारमा स्टारडको लडाइ सुरु भएको छ । केही स्टारहरु जन्मिएपछि यो लडाइ सुरु भएको देखिएको छ । यही विचमा, निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको चलचित्र ‘लिलिबिली’ले दुइ नायकविचको स्टारडम र पारिश्रमिकको कुराले चर्चा पाएको छ ।

केही मिडियामा निर्देशक चाम्सले सुरुमा नायक अनमोल केसीलाइ ३० लाख पारिश्रमिक र केही शेयर दिएर चलचित्रका लागि अफर गरेको समाचार छापिएपछि अहिले यसले चर्चा पाइरहेको छ । अनमोलले ३० लाख पारिश्रमिक र केही प्रतिशत शेयरमा काम नगर्ने भएपछि मिलनले नायक प्रदिप खड्कालाइ अफर गरेको खबर सार्वजनिक भयो । प्रदिपले २२ लाख पारिश्रमिक मागेको पनि चर्चा चलेको छ । आखिर, बास्तविकता के हो त ?

अनमोललाइ अफर गरेको छैन, प्रदिप नै पहिलो रोजाइः मिलन
यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्देशक मिलन चाम्सले आफूले कथा नै नायक प्रदिप खड्कालाइ हेरेर लेखेको बताए । उनले ‘प्रेमगीत २’को छायांकनकै समयमा प्रदिपसँग यो बिषयमा कुरा गरेको समेत स्पष्ट पारे ।

मिलनले भने-‘यो बिषयमा त अनमोलसँग कुरा नै भएको छैन । मैले कथा नै प्रदिपलाइ हेरेर लेखेको हुँ । प्रदिपसँग कुनै संझौता नभएपनि उनले नै काम गर्ने पक्का जस्तै हो ।’ मिलनले प्रदिपलाइ २२ लाख दिने कुरा नभएको पनि बताए । यो चलचित्रको लोकेशन हेर्न मिलन यूके तर्फ लागेका छन् ।

२२ लाख भन्दा पनि चलचित्र राम्रो बन्नुपर्‍योः प्रदिप
यो बिषयमा नायक प्रदिप खड्काले अनलाइनखबरसँग भने-‘मैले पारिश्रमिक यति नै चाहिन्छ भनेको छैन । मलाइ २५ लाख पारिश्रमिक दिएर २५ लाखमा चलचित्र सकियो भने त मेरो करिअर सकिन्छ नी होइन । यसैले चलचित्रमा धेरै लगानी गर्नुहोस् भनेको हुँ ।’

प्रदिपले आफूले अरु नायकले यती पारिश्रमिक माग्न थालेका छन्, मैले पनि स्टारडम देखाइसकेको छु, भनेको बताए । प्रदिपले भने-‘मैले पनि दर्शक हलसम्म तान्न सक्छु भनेर प्रमाणित गरिसकेको छु । अरु नायकले २० लाख भन्दा बढी मागिसक्दा म पनि त्यसको हकदार छु भनेर भनेको हुँ ।’

प्रदिपले अगाडि थपे-‘यदि, अनमोल ‘लिलिबिली’को पहिलो रोजाइ हुन् भने म यो चलचित्र गर्दिनँ । यो बिषयमा निर्माणपक्षले मलाइ स्पष्ट पार्नुपर्छ ।’

मलाइ अफर भएको हो, गर्ने-नगर्ने पक्का छैनः अनमोल केसी
निर्देशक मिलन चाम्सले अनमोललाइ अफर नै नभएको बताइरहँदा नायक अनमोल केसीले भने आफूलाइ चलचित्रबाट अफर आएको स्पष्ट पारेका छन् । अमेरिकामा रहेका अनमोलले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने-‘मैले पुरा कथावस्तु पढेको छैन । आधा मात्र पढेको छु । यसैले चलचित्र गर्ने वा नगर्ने पक्का भएको छैन ।’

तपाइलाइ ३० लाख पारिश्रमिक र केही प्रतिशत शेयर दिने बिषयमा कुरा भएको हो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने-‘पारिश्रमिकको बिषयमा केही पनि कुरा भएको छैन । तर, तिमीले जति माग्छौ त्यती दिन हामी तयार छौ भनेर उहाँहरुले भन्नुभएको छ ।’ अनमोलले चलचित्र ‘कृ’को छायांकनको समयमा नै आफूसँग यो चलचित्रको कुरा भएको सुनाए ।

अनमोल र प्रदिपविच टकराव
‘लिलिविली’ टिमले नायक अनमोल केसी र प्रदिप खड्का दुबैलाइ अफर गरेको देखिएको छ । तर, पहिला कसलाइ अफर गरिएको हो भन्ने कुराले धेरै अर्थ राख्ने देखिएको छ । प्रदिप ‘सेकेन्ड म्यान’ बन्न नचाहने मुडमा छन् । यसअगाडि चलचित्र ‘दर्पण छाया २ र ए मेरो हजुर २’मा पनि अनमोललाइ अफर गरेपछि प्रदिपलाइ गरिएको थियो । तर, दुबै नायकले यो चलचित्रमा काम गरेनन् ।

अनमोलले चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक लिएपछि प्रदिप पनि आफू के कम भन्ने मुडमा देखिएका छन् । चलचित्र ‘प्रेमगीत’बाट उदाएका प्रदिपको स्टारडमले चलचित्र ‘प्रेमगीत २’ हेर्न दर्शक हलमा ओइरिए । यसैले पनि प्रदिपले आफ्ना कारणले पनि दर्शक हलमा आउँछन् भन्ने प्रमाणित गरिसकेका छन् । यता, नायक अनमोल केसीलाइ नेपाली चलचित्रका एक मात्र सुपरस्टारको रुपमा हेर्न थालिएको छ ।

यसैले, अब नेपाली चलचित्र बजारमा नायक अनमोल केसी र प्रदिप खड्काविच स्टारडम र पारिश्रमिकको लडाइ हुने देखिएको छ । मिलनले चलचित्र ‘लिलिबिली’का लागि कुन नायकलाइ पक्का गर्ने हुन्, यो त केही दिनमा थाहा हुनेछ ।

तर, चलचित्र बजारमा पल शाह, सलिनमान बनियाँ, आशिरमान देशराज जस्ता नयाँ नायकहरुको आगमन भैरहँदा अब स्टारडमको चर्को लडाइ हुने कुरामा दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment