Comments Add Comment

विश्व उत्कृष्ट फुटबलरको प्राम्भिक मनोनयनमा रियल मड्रिडको बर्चस्व

२ भदौ, काठमाडौं । विश्व फुटबलको उत्कृष्ट टोलीको रुपमा रहँदै रियल मड्रिडले फिफा बेष्ट प्लेयरको प्रारम्भिक सूचिमा रियल मड्रिडका खेलाडीहरु हावी भएका छन् ।

फिफाले बिहीबार ‘द वेष्ट’को प्रारम्भिक सूचि सार्वजनिक गरेको छ र २४ खेलाडीमध्ये युरोपियन च्याम्पियन रियलबाट ७ खेलाडी परेका छन् ।

क्रिष्टियानो रोनाल्डो, ड्षनी कार्भाजल, टोनी क्रुज, लुका मोड्रिक, केलर नाभास, सर्जियो रामोस र मार्सेलोले उत्कृष्ट खेलाडीको प्रारम्भिक सूचिमा स्थान बनाएका छन् ।

आश्चर्यको कुरा के हो भने, इस्को, करिम बेञ्जिमा र ग्यारेथ बेल यो सूचिमा समावेश छैनन् । तर, विश्वका उत्कृष्ट २४ मध्ये १० खेलाडी एकै टिमबाट पर्नु पनि त्यति स्वभाविक भने होइन ।

बार्सिलोनाबाट लियोनल मेस्सी, लुइस स्वारेज र आन्द्रेस इनिएष्टाले प्रारम्भिक सूचिमा स्थान बनाएका छन् । कर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेइन आबद्ध भइसकेका नेइमार पनि बार्सिलोनामा हुँदा गरेको योगदानका आधारमा प्राम्भिक सूचिमा छन् ।

बार्सिलोना र रियल मड्रिडबाहेक ला लिगाबाट एथ्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यानले प्राम्भिक सूचिमा स्थान बनाए ।

आश्चर्यको कुरा के हो भने, फ्रानसेली लिग वानबाट यसपटक कोही प्रतिनिधि समावेश भएनन् । जवकी केलर एमबाप्पे, रामाडेल फाल्काओ र फाविन्होले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फिफाले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक सूचिमाः

पियरे एम्रेक उवामेयङ, लियोनार्दो बोनुक्की, जियनलुइजी बुफोन, डानी कार्भाजल, क्रिष्टियानो रोनाल्डो, पाउलो पोग्वा, एन्टेाइन गि्रजम्यान, इडेन हाजार्ड, ज्लाटल इब्राहिमोबीच, आन्द्रेस इनिएष्टा, हृयारी केन, एनगोलो कान्टे, टोनी क्रुस, रोवर्ट लेबाण्डोस्की, मार्सेलो, लियोनल मेस्सी, लुइस स्वारेज, लुका मोड्रिक, केलर नाभास, म्यानुअल निउर, नेइमार, सर्जियो रामोस, एलेक्सिस साञ्चेस, अर्टूरो भिडाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment