Comments Add Comment

नयाँ शक्तिमा ‘१५ भाइ’को बिद्रोह, ध्रुवीकरण संयोजन समिति गठन


२ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका नेताहरुले देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । उनीहरुले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने बताएका छन् ।

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका थिए । लगतै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘१५ भाइ’लाई स्पष्टिकरण सोधेका थिए ।

पौडेल समूहले छुट्टै भेला गरेर पार्टी वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ ।

साथै ध्रुविकरणको पहल गर्न भन्दै देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको छ । यो समूहले छिट्टै राष्ट्रिय भेला गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।

ध्रविकरणको पक्षमा लाग्नेहरुमा पौडेलसँगै बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान पनि यो समूहमा थपिएका छन् ।

यसैबीच नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले विद्रोह गर्ने १५ नेतालाई कारबाही गरेका छन् । उनले विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस् 

नयाँ शक्तिका नेताले भने-हामी निराश भयौं, अब ध्रुवीकरण गरौं

देवेन्द्र पौडेलसहित १५ नेतालाई नयाँ शक्तिले सोध्यो स्पष्टिकरण

रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निस्कासित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment