Comments Add Comment

दार्चुलामा दूध उत्पादन घट्यो

२ भादौ, दार्चुला । पछिल्लो समय दार्चुलामा दूध उत्पादन घटेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा २२ हजार २ सय ४० मेट्रीकटन दुध उत्पादन भएकोमा गत आर्थिक बर्ष २०७३/७४ मा १५ हजार ४ सय ७३ मेट्रिकटन दुध उत्पादन भएको थियो ।

दार्चुला जिल्लामा दुध उत्पादनमा कमी आउनुमा पशु आहाराको कमी, भैसीको संख्या घट्नु लगायतका रहेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु चिकित्सक निमित्त कार्यालय प्रमुख मोहनदेब भट्टले जनाए ।

दार्चुला जिल्लामा गत आर्थिक बर्ष २०७३/७४ मा भैसीको संख्या ३० हजार ७ सय ७९ रहेको थियो भने गाईको संख्या ६८ हजार ५ सय ३२ रहेको थियो ।

भैंसी पालनमा रहेका कृषकहरु अर्को पेशातिर आकर्षित हुनु एक पटक भैंसी बाँझो रहेमा बेच्ने प्रबृत्तिले गर्दा पनि दूध उत्पदानमा ह्रास आएको जिल्ला पशुसेवा कार्यालयको विश्लेषण छ ।

समग्रमा दार्चुला जिल्लामा पशु सेवा कार्यालयको तथ्यांक हेर्दा गतबर्षको तुलनामा दुध, मासु, अण्डा, लगायतका पशु तथा पशुजन्य बस्तु घट्दै गएका छन् भने छाला उत्पादन बृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment