Comments Add Comment

ग्लोबल आइएमइले गर्यो बाढि पिडितलाई ६५ लाख सहयोग

२ भदौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेका हुन् ।

कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुनआउने १४ लाख रुपैया गरि कुल रु. ६५ लाख रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

बैंकले बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहनेहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबारको नाममा खाता खोलेर सहयोग संकलन गरिरहेको छ । बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ०४११०१००००००५ मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको समेत व्यहोरा जानकारी गराउदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment