Comments Add Comment

गोली लागेर मरेको चितुवा फेला

२ भदाै, अछाम । साँफेवगर नगरपालिका-८ वयलपाटामा एक चितुवा गोली लागेर मरेको अवस्थाका शुक्रबार फेला परेको छ । बयलपाटा बजार नजिक टाउकोमा गोली लागेर मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

६४ इन्च लामो र २२ इन्च उचाई भएको चितुवा गोली लागेर मृत अवस्थामा भेटिएको जिल्ला वन कार्यालय अछामका निमित्त प्रमुख विकास शर्माले पुष्टि गरे ।

मृत चितुवालाई वयलपाटाबाट सदरमुकाम मंगलसेनमा ल्याएर पशु चिकित्सकले पोष्टमार्टम गरेपछि गाडिएको छ । टाउकोबाट लागेको गोली छातिबाट र अर्को दाँया खुट्टाको माथिल्लो भागमा छेडेको भएपनि गोली फेला पर्न नसकेको बताइएको छ ।

मृत चितुवाको छाला, ४ वटा दाँत, १८ नग्रालाई झिकेर जैविक विभिधता संग्रालय चितवनमा पठाइने निमित्त प्रमुख शर्माको भनाइ छ ।

चितुवालाई गोली हान्ने व्यक्तिको खोजीमा अनुसन्धान टोली गठन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment