Comments Add Comment

बाढी पीडितको अवस्था बुझ्न एनआरएनए पदाधिकारी सप्तरीमा

२ भदौ, सप्तरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले सप्तरीको बाढीपीडितको अवस्थाबारे जानकारी लिएका छन् ।

संघका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेसँग भेटघाट गरी बाढीपीडितको अवस्थाबारे जानकारी लिएका हुन् । एनआरएनएका पदाधिकारीहरुले जिल्लामा बाढीले पुर्‍याएको क्षति, मानवीय क्षति, तत्काल बितरण गर्नुपर्ने राहतका सामग्री सहितका बिषयमा जिज्ञासा राखेका थिए ।

भेटमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा बाढीले पुर्‍याएको अपुरणीय क्षतिको बिषयमा जानकारी दिदैं प्रारम्भिक तथ्यांकबारे जानकारी गराए । उनले जिल्लामा एक लाखभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएको भन्दै यकिन तथ्यांक संकलनको काम भइरहेको बताए ।

संघका अध्यक्ष घलेले एक नेपालीलाई समस्या पर्दा अर्काेले सहयोग गर्नुपर्ने भन्दै आफूहरु समस्यामा परेका सप्तरीबासीलाई सहयोग गर्न आएको बताए । उनले जिल्लाका चार हजार बाढीपीडितलाई राम्रो र गुणस्तरीय राहत बितरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

साथै उनले बाढीपीडितहरु भएको ठाउँमा स्वास्थ्य शिबिर समेत संचालन गरिने बताए । सप्तरीबासी बाढीपीडितलाई सहयोग गर्ने बिषयमा गृहमन्त्री जनार्दन शर्मासँग छलफल भइसकेको बताउँदै उनले मंगलबारदेखि संघ सप्तरीमा केन्दि्रत हुने बताए । उनका अनुसार बाढीपीडितहरुलाई चामल, दाल, नून, तेलसहितका खाद्य सामग्री र त्रिापलका साथै अन्य सामग्रीहरु बितरण गरिनेछ ।

मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment