Comments Add Comment

बैंक अफ काठमाण्डूको प्रमुखमा पन्त, आइतवारबाट जिम्मेवारी सम्हाल्ने


२ भदौं, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको भदौं २ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय भएको छ ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर हुनु अघि उनी लुम्बिनी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । उनीसँग बैकिङ क्षेत्रमा काम गरेको ३० वर्ष भन्दा लामो अवधिको अनुभव छ । नबिल बैंकबाट बैकिङ यात्रा सुरु गरेका पन्त सो बैंकमा समेत प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् ।

नेपाल राष्ट्र बैंकको वित्तीय सुधार कार्यक्रमअन्तर्गत उनले नेपाल बैंक लिमिटेडको व्यवस्थापनमा समेत संलग्न भएर काम गरेका छन् । त्यस अघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका पन्त एक अनुभवी, सक्षम तथा व्यवसायीक बैंकरको रुपमा चिनिन्छन् । उनले यही भदौं ४ गतेबाट नयाँ कार्यभार समाल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment