Comments Add Comment

बाढी, पहिरो र डुबानमा दश अर्ब १७ करोड बराबरको पशुधन क्षति


२ भदौ, काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परी दश अर्ब १७ करोड बराबरको पशुधनको क्षति भएको जनाएको छ । पशुपन्छी विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० अर्ब १७ करोड ८८ लाख बराबरको पशुधन क्षतिको अनुमानित विवरण सार्वजनिक गरेको हो ।

शुक्रबार विहान १० बजेसम्म प्राप्त वितरण अनुसार पशु र पशुजन्य सामग्री नष्ट हुँदा करिब १ अरव ३७ करोड ७८ लाखको क्षति भएको पशुपन्क्षी विकास मन्त्री सन्तकुमार थारुले जानकारी दिए ।

त्यसैगरी पशुजन्य उत्पादनतर्फ २ अर्ब ५० करोड १० लाख बराबरको क्षति भएको सरकारो प्रारम्भिक अनुमान छ । मन्त्री थारुले पशुधनको क्षतिको विवरण सम्बन्धित जिल्ला पशु कार्यालयबाट लिइएको पनि स्पष्ट पारे । मन्त्रालयले पशुजन्य उत्पादनमा पर्ने असरबाट ६ अर्ब बराबरको क्षति भएको पनि अनुमान गरेको छ ।

मन्त्रालयले पशुधनको नोक्सानबाट भएको क्षतिपूर्ति तत्काल पीडितलाई उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ । मन्त्री थारुले पशुधन नष्ट भई फैलन सक्ने महामारी नियन्त्रणका लागि विशेषज्ञहरुको टोली बाढी पीडित क्षेत्रमा परिचालन गरिएको पनि स्पष्ट पारे ।

उनले कृषकहरुलाई क्षतिपूर्ति तत्काल उपलब्ध गराउन दाता राष्ट्रहरुलाई पनि सहयोगका लागि अपिल गर्ने तयारी भईरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment