Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारणलाई नजिकबाट हेरिरहेका छौं: ओली

२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्र निर्धारणलाई आफूहरुले नजिकबाट हेरिरहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले गलत ढंगले काटकुट गर्ने काम नगर्न चेतावनी दिए ।

उनले अघि भने, स्थानीय तहको परिणाम आइसकेको स्थितिमा बहुतै हिसाव किताब छन् । राष्ट्रियसभाका लागि स्थानीय तह र प्रदेशको मतभार कस्तो हुने परीणाम नआउँदासम्म तय नगर्नु धाँधलीपूर्ण खेल हो ।’

उनले संविधान संशोधन विधेयक पारित नहुने दाबी गरे । संशोधन निर्णयार्थ पेश गर्ने उपयुक्त समय नभएको भन्दै उनले भने, उपयुक्त प्रस्ताव आएको छैन, हामीसँग सल्लाह पनि गरेको होइन । यो पास हुँदैन ।’

देशहितको पक्षमा भएका शक्तिहरुविरुद्ध षड्यन्त्र स्वरुप शक्ति सन्तुलनमा फेरबदल ल्याउन र जाली सम्झौता अनुसार संशोधन प्रस्ताव आएको उनले बताए ।

सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए । राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारवाजीको विषय बनाएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment