Comments Add Comment

प्रधानमन्त्री देउवालाई मोदीको फोन, बाढी पीडितलाई २५ करोड सहयोग गर्ने बचन

२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेको देउवाको निजी सचिवालयले जनाएको छ । कुराकानीका क्रममा मोदीले बाढी र पहिरोका कारण नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँबराबर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गनर्ेे प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment