Comments Add Comment

माउण्ट कैलाशमा स्विमिङ पुल सञ्चालन

२ भदौ, पोखरा । माउण्ट कैलाश रिसोर्टले लेकसाईडकै सबैभन्दा ठूलो स्विमिङ पुल निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

रिसोर्टले होटलमा बास बस्ने पर्यटक तथा पोखरेली युवाहरुलाई लक्षित गरी स्विमिङ पुल सञ्चालनमा ल्याएको हो ।

हालै सञ्चालनमा आएको स्विमिङ पुलको लम्बाई ६५ फुट र चौंडाई २९ फुट रहेको रिसोर्टका सञ्चालक नरेश भट्टराईले जानकारी दिए । स्विमिङ पुलको गहिराई साढे ३ फुटदेखि साढे ५ फुटसम्म छ । बच्चादेखि बयस्कसम्मको सबै उमेर समूहकाले स्विमिङ गर्नसक्ने उनको भनाइ छ ।

हाल होटलमा बास बस्ने ‘इन हाउस गेष्ट’लाई लक्षित गरेर बनाएपनि नेपाली युवा लक्षित स्विमिङ पुल स्पेसल प्याकेज ल्याउने होटलले जनाएको छ ।

रिसोर्टका सञ्चालक भट्टराईलेे भने, ‘होटलमा बास बस्ने इन हाउस गेष्टले सरदर ३५ ले स्विमिङ गर्नेगरेका छन्, शनिबार र विदाका दिन भने होटलमा बास नबस्ने अन्य नेपाली पर्यटकहरु पनि स्विमिङका लागि आउने गरेका छन् ।’

पर्यटकले स्विमिङका साथमा सनबाथ लिने, त्यहिँ बसेर पुस्तक पढ्ने गरेकाले उनीहरुलाई सहज होस् भन्ने उद्धेश्यले आफूले स्विमिङ पुल निर्माण गरेको स्पष्ट पारे । उनले भने ‘अहिले पर्यटकहरु आउनेवित्तिकै स्विमिङ पुलको सुविधा छ कि छैन भनेर सोध्ने गर्छन्, छैन भन्यो भने फर्केर जानेपनि गेष्ट हुन्छन्, त्यस्ता गेष्टहरुका लागि स्विमिङ पुल निर्माण गरेको हुँ ।’

करीब ९५ लाख खर्च गरेर बनाइएको उक्त स्विमिङ पुल हेर्दापनि आकर्षक छ । इन हाउस गेष्टले निःशुल्क स्विमिङ गर्ने सुविधा पाउँछन् भने अन्यलाई प्रति व्यक्ति ७ सय ५० रुपैयाँ लिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment