Comments Add Comment

जब सहरका कुकुरहरु एकाएक निलो हुन थाले

भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए ? यसको कारण खोजिँदैछ ।

नयाँ मुम्बईका गल्ली गल्लीमा निलो रङका कुकुर देखिन्छन् । त्यस्ता कुकुर देख्ने हर कोहीले कारण जान्न चाहन्छ । अनि कुकुर निलो भएको यो घटना महाराष्ट्र प्रदुषण नियन्त्रण बोर्डसम्म पुग्यो । यहाँको स्थानीय जनावर संरक्षण सेलले यसबारेको उजुरी दर्ता गरेको थियो ।

कुकुर निलो भएको घटनाका लागि तलोजा इलाकास्थित कसादी नदीलाई जिम्मेवार ठहराइएको छ । यो नदीको पानी पूर्णरुपमा प्रदुषित रहेको छ । आसपासमा हजारौँ फर्मासयुटिकल्स, खाद्यान्न तथा इन्जिनियरिंग कारखाना रहेका छन् । ती कारखानाबाट निस्केको विषाक्त तथा फोहोर पानी सिधै नदीमा मिसिन्छ । यस्तोमा जब कुनै जनावर त्यो पानीको सम्पर्कमा आउँछ तब उसको सरीरको रंग नै निलो हुन्छ । उक्त इलाकाका भुस्याहा कुकुरहरु समेत नदीमा गएर डुबुल्की मार्ने गरेकाले सरीर नै निलो बनेको हो ।

सरकारी अधिकारीका अनुसार कसादी नदीको पानीमा विषाक्त पदार्थको मात्रा उच्च छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment