Comments Add Comment

मदिरा पिउनुहुन्छ ? त्यसो भए तपाईले जान्नैपर्छ यी कुरा

चाडपर्व सुरु हुँदैछ । यतिबेला नेपाली समाजले राम्रैसँग मदिरा खपत गर्छ । मदिरा आफैमा अस्वस्थ्यकर पेय हो । यद्यपी हामी रमाइलोको बाहनामा मदिरा पिउँछौं, अनियन्त्रित रुपमा ।

मदिरा पिएपछि त्यसको असर तुरुन्तै देखिन्छ । कतिसम्म भने, मदिरा पिएको भोलिपल्ट मानसिक र शारीरिक रुपमा अस्वस्थ्य अनुभव हुन्छ । काम गर्ने जाँगर चल्दैन । टाउको दुख्छ, चक्कर लाग्छ, वान्ता हुन्छ, दिसापिसाबमा समस्या हुन्छ ।

यहि हो, मदिराको ह्याङओभर ।

पियक्कडसँग मदिराको ह्याङओभर हटाउने आ-आफ्नै काइदा हुन्छ । कोहि हुयाङओभर हटाउन मदिरा नै सेवन गर्छन् । कोहि कागति पानी पिउँछन् । कोहि चिसो पानीले नुहाउँछन् ।

ह्याङओभर के हो ? किन हुन्छ ? यसबारे भने बुझ्नैपर्छ ।

भ्रम : ह्याङओभर सामान्य

यर्थाथ  अत्याधिक मात्रामा मदिराको सेवनले ह्याङ्ग हुने गर्छ । मदिराको सेवनले हाम्रो केन्दि्रय स्नायु प्रणाली तथा दिमागमा असर गर्छ, जसले टाउको दुख्ने, चक्क्कर लाग्ने, वाकवाकी लाग्ने समस्या उत्पन्न हुन्छ, जसले गर्दा हाम्रो शरीरमा पानीको कमी हुन पुग्छ ।

अझ भोलिपल्ट टाउको दुख्नुका साथै, खान मन नलाग्ने मुख सुक्ने, रिङ्गटा लाग्ने, जीउ दुख्ने लगायतको समस्या देखिन थाल्छ । सन् २०००मा छापिएको एक शोध अनुसार डिहाइड्रेसन, एल्डोस्टेराँन, कार्टिसोल लगायतका हर्मोनको स्तरमा बद्लाव आउनु नै ह्याङ्गओभरको मुख्य कारण हो ।
हुन त केही मानिसह्याङ्गओभरको असर कम गर्न आफ उपाय लाउने गर्छन् । तर ती उपाय कुनैै कुनै बेला उल्टो असर गर्नसक्छ ।

भ्रम : हयाङ्गओभरको प्रभाव महिलामा बढी

यर्थाथ  ः ह्याङ्गओभरको प्रभाव महिलामा बढी हुन्छ । यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छ भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा बढी हुने गर्छ । कारण सामान्य छ । महिलाको तुलनामा पुरुषको शरीरमा पानीका मात्रा बढी हुन्छ ।

जसले गर्दा उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिटै घोलिन्छ । जबकी महिलाहरुले सेवन गर्ने मदिरा रगतमा गएर मिसिन्छ ।

भ्रम:  अत्याधिक मदिरा सेवन, ह्याङ्गओभरका कारण

यर्थाथः  ह्याओभरको लागि अत्याधिक मदिरा सेवन गर्नु पर्दैन । कसैकसैलाई थोरै रक्सी पिउँदा नै ह्याङ्ग ओभर हुनसक्छ । मान्छेले आफूले खाएको रक्सी कति पचाउन सक्छ भन्ने कुराले त्यसलाई निर्धारण गर्छ ।

वियर, वा अन्य कुनै हार्ड डि्रक्सको साथमा पानी वा अन्य पदार्थको सेवनले तपाईलाई हाइड्रेटेड रहन तथा तपाईको शरीरबाट रक्सीको मात्रा घटाउन मद्धत गर्छ ।

भ्रम: वियरको भन्दा वाइन ठीक

यर्थाथ  ःभनिन्छ, वियनको सट्टा वाइन खानु स्वास्थ्यको लागि फाइदाजनक छ । जबकी वियरको तुलनामा वाइनमा अल्कोहलको मात्रा अधिक हुन्छ ।

विशेषगरी, रेड वाइनमा ट्यानिन्स नामक तत्व हुन्छ, जसले केही मानिसहरुलाई टाउको दुख्ने समस्या निम्त्याउन सक्छ । हि्वस्की लगायतका माल्ट लिक्वयरले पनि केही व्यक्तिलाई बढी हयाङ्गओभर हुने गर्छ । यदी तपाईलाई पनि ह्याङ्गओभरको समस्या छ भने कम अल्कोल भएको जीन, भोड्का लगायतका पेय पदार्थ सेवन गर्न उचित हुन्छ ।

भ्रम: डाइड ककटेलको सेवन

यर्थाथ:  क्यालोरीका कम गर्नका लागि डाइड कोक राम्रो मानिन्छ । तर त्यसले हयाङ्गओभर भने कम गर्दैन । अनुसन्धानहरु बताए अनुसार फलफुल, फलफुलको जुस लगायतका अन्य चिनीयुक्त पदार्थको सेवनले ह्याङ्गओभर कम हुने गर्छ ।

भ्रम: वियर अघि रक्सीको सेवन

यर्थाथ :  कुनै पनि मदिरा सेवन गर्दा कतिपटक पिइयो भन्दा पनि कति परिमाणमा मादक पदार्थको सेवन गरियो भन्ने मुख्य कुरा हो । अनुसन्धानहरुले देखाए अनुसार कुनै पनि मानिसको लागि १२ औन्स वियरको एक गिलास, ५ आउन्सको एक गिलास वाइन, १.५ आउन्स एक गिलास तकिलाको सट वा अन्य सट, डि्रक्सको स्ट्याण्र्डड मापदण्ड हो । त्यसैले पेय पदार्थको साइजले नभई तपाईले सेवन गर्नु भएको परिणामले यसकेा निर्धारण गर्छ ।

भ्रम : सुत्नु अगाडी पास्ताको सेवन

यर्थाथ:  सुत्नु अगाडी खानु यसै पनि राम्रो मानिदैन । त्यसमा पनि मादक पदार्थ सेवन गरेपछि खानुको खासै औचित्य छैन । खाना भनेको समयमा खानुपर्छ ।

फेरी, खानाले तपाईले खाएको मादक पदार्थलाई स्लो बनाइदिन्छ । त्यसैले, सुत्नु अघि पिज्जा वा अनय कुराको सेवन गर्नउचित हुन्छ, जसले ह्याङ्गओभर हुन दिदैन ।

भ्रम :  सुत्नु अगाडी पेनकिलरको प्रयोग

यर्थाथ :  हामीमा के भ्रम छ भने, सुत्नु अघि पेनकिलरको सेवनले टाउको दुख्ने लगायतको समस्या तुरुन्तै कम हुन्छ । जबकी पेनकिलरलाई राम्ररी काम गर्न करिब ४ घण्टा समय लाग्छ । त्यसैले, सुत्नु अघि खानुभन्दा उठ्ना साथै औषधी खानु नै सबैभन्दा राम्रो उपाय हो ।

भ्रम:  अल्कोहलले निद्रा लगाउँछ

यर्थाथः धेरै मानिसमा के भ्रम छ भने रक्सीको सेवनले चाडै निद्रा लगाउँछ । तर यर्थाथमा रक्सीले निद्रा लगाउदैन । बरु अत्याधिक मात्रामा रक्सीको सेवनले तपाईको शरीरमा यति अप्ठेरो महसुस हुन्छ, कि चाहेर पनि तपाई राम्ररी सुत्न सक्नु हुन्न ।

भ्रम :  विहान अल्कोहलको सेवन

यर्थाथ :  केही मानिस आफ्नो ह्याङ्गआभर हटाउनका लागि विहानदेखि नै अत्याधिक मात्रामा रक्सीको सेवन गर्न थाल्छन् । उनीहरुलाई लाग्छ कि, यसले उनीहरुको ह्याङ्गओभर कम गर्छ । ह्याङ्गओभर हटाउन वहानदेखि नै मदिराको सेवनले तपाईलाई केही समयकेा लागि त अवश्य नै राहत प्रदान गर्छ । तर त्यसले अन्तरमा टाउको दुख्ने समस्या बढ्ने गर्छ । त्यसैले ह्याङ्गओभरबाट बच्नको लागि मदिराको सेवन नगर्नु नै उचित हुन्छ ।

भ्रम :  कफी उपचार हो

यर्थाथ :  भनिनछ, ह्याङ्गओभर भएको बेलामा कफि पिउनु राम्रो हो । जबकी यर्थाथमा कफीले हयाङ्गओभरलाई क मगर्ने नभई यसलाई झन् थयानक बनाउँछ। कफीमा कैफिन हुन्छ, जले तपाईको रक्तनलीलाई साघुरो बनाई तपाईको ह्याङ्गओभरलाई झन् बढाउँछ । त्यसैले ह्याङ्गओभरबाट छुटकारा पाउन कफीको सट्टामा पानी वा अल्कोहलरहित डि्रक्स पिउनु उपयुक्त हुन्छ ।यसले तपाईको शरीरमा पानीको कमी हुन दिदैन र ताजा राख्दछ ।

भ्रमः हर्वल औषधीको प्रयोग

यर्थाथ :  वि्रटिस अनुसन्धानकर्ताहरुको एक रिपोर्ट अनुसार , इस्ट, आर्टीचोक लगायतका औषधीहरुले ह्याङ्गओभरमा असर नगर्ने देखाईसकेको छ। त्यस्तै, अर्कोर् वि्रटिस अनुसन्धानकर्ताहरुो टोलीले पि्रक्ली पियर क्याक्टरको प्रयोगले वाकवाकी लाग्ने तथा मुख सुख्खा हुने समस्यालाई केही हदसम्म त कम गर्छ । तर टोउको दुखाई कम गर्नमा भने यसल खासै भूमिका खेल्दैन । यसको उपचारको एक मात्र विकल्प भनेको समय हो । समयले नै यसलाई ठीक हुन्छ ।

यर्थाथ : विषाक्त अल्कोहल

विषक्त अल्कोहलको सेवनले ज्यान जानसक्ने हुदाँ यसारे विशेष सावधानी अपनाउन जरुरी छ । अलमलिनु, निरन्तर वान्ता हुनु, सास फेर्नमा कठिनाई हुनु, रक्तचाप न्युन हुन, , अनुहार निलो हुनु विषाक्त अल्कोहल सेवनको लक्षण हो । यदी कसैमा यस्तो लक्षण देखिए उनीहरुमा डिहाइडे्रसन तथा मस्तिष्कघात हुने खतरा बढ्छ । यस्तोमा तुरुन्त चिकित्सकका जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment