२ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराईले देवेन्द्र पौडेलसहित १५ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेका छन् । शुक्रबार भट्टराईले विज्ञप्ति निकालेर उनीहरुलाई पार्टीबाट निस्काशन गरेको जानकारी दिएका छन् ।
देवेन्द्र पौडेल, वामदेव क्षत्री, मुक्ति प्रधान, महेन्द्र पाशवान, बलावती शर्मा, पासाङ शेर्पा, कुमार पौडेल, सुशीला श्रीपाली, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौंलागाईँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारलाई भट्टराईले नयाँ शक्ति पार्टीबाट निस्कासित गरेका हुन् ।
उनीहरुले पार्टीको नीति र बिचार विपरित काम गरेको र त्यसो नगर्न सचेत गराउँदा पनि पार्टी विपरित गतिविधि गरिरहेको हुँदा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।