Comments Add Comment

सुशान्तसँगै बोल्ड गेटअपमा सैफकी छोरी सारा

बलिउडलाई अब नयाँ पुस्ताले कब्जा गर्दैछ । त्यसमा शाहरुख खान पुत्र आर्यनदेखि श्रीदेवीकी छोरी जान्ह्वीसम्म छन् । उनीहरुले फिल्ममा इन्ट्रित गरेका छैनन् । यद्यपी स्टार किड हुनुको नाताले लाइमलाइटमा छन् ।

यसै मेसोमा केहि स्टार किड्स चाहि फिल्मी करियर सुरु गर्ने तरखरमा छन् । जस्तो कि, सारा अली खान । अभिनेता सैफ अली खानकी जेठी श्रीमतितर्फकी छोरी साराले बलिउडमा इन्टि्र गर्ने कुराले राम्रै हल्लीखल्ली मच्याएको छ । यसअघि उनी करण जौहरको आगमी फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सिक्वेलमा आउने चर्चा थियो ।

तर अहिले उनी मोडिएकी छिन्, ‘केदारनाथ’ । यो फिल्मबाट भने बलिउड डेब्यु गर्ने पक्कापक्की जस्तै भएको छ । यसमा उनले अभिनेता सुशान्त सिंह राजपुतसँग स्त्रिmन शेयर गर्दैछिन् । हालै मात्र उनी सुशान्तसँग झुल्किइन्, बोल्ड गेटअपमा ।

यस बोल्ड ड्रेसअपसँगै उनले सुन्तले रंगको व्याग र स्लीपर लगाएकी थिइन् ।

– सारा र सुशान्त फिल्म मेकर अभिषेक कपूरको कार्यलय पुगेका थिए । त्यहा उनीहरुले स्क्रिप्ट पढेर समय विताएका थिए ।

– फिल्मको पि्र प्रोडक्सन सुरु भइसकेको छ । साराले आफ्नो क्यारेक्टरको लागि तालिम समेत लिन थालेकी छिन् ।

– फिल्मको निर्माता एकता कपुर र क्रिअर्ज इन्टरटेनमेन्ट हो । फिल्म २०१८ को जुनमा सार्वजनिक हुने तय भएको छ ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment