Comments Add Comment

जिम जानुअघि जान्नैपर्ने कुरा, कुन अवस्थामा घातक हुनसक्छ ?


शरीरको तौल घटाउन होस् वा सुडौल बनाउन, शारीरिक तन्दुरुस्तीका लागि होस् वा सिक्स प्याक निकाल्न, जिम धाउनेको संख्या बढ्दो छ । यद्यपी जिम समग्र त्यस्तो समाधान होइन, जसले हाम्रो चाहना अनुसारको नतिजा दिन्छ । किनभने यसका लागि अनुशासित जीवनशैली पहिलो सर्त हो । उचित पोषणदेखि स्वस्थ्य खानपान र दिनचर्या पालना नगरे जिमले अपेक्षित लाभ मिल्दैन ।

जिमको आफ्नै विधी छ, त्यसैले जथाभावी जिम गर्दैमा सोचेजस्तो परिणम हासिल हुँदैन । बरु त्यसले उल्टो असर गर्न सक्छ । हालै मात्र भारतमा एक युवा जिमकै कारण ज्यान गुमाएको खबर छाएको थियो । त्यसैले जिम जानुअघि त्यसको विधी, प्रकिया आदिबारे जान्नैपर्छ ।

– सबैभन्दा पहिला यो निश्चित गरौ कि तपाई दैनिक वर्कआउटका लागि कति समय दिन सक्नुहुन्छ ? किनभने वर्कआउट ४० मिनेटभन्दा कम र डेढ घण्टा भन्दा बढी हुनु हुँदैन ।

– जिम जानु १५ मिनेटअघि केहि खानु राम्रो हो । यद्यपी धेरै चाहि होइन । जस्तो कि, चिया र बिस्कुट, फल वा जुस । खाली पेट वेट ट्रेनिङ गर्दा सोचेजस्तो नतिजा हासिल नहुन सक्छ ।

– के अवधारणा छ भने, व्यायाम खाली पेट गर्नुपर्छ । यो नियम योग एवं प्राणयामका लागि हो । जिममा वर्कआउटका लागि पर्याप्त इनर्जी हुनु आवश्यक छ । खाली पेट जिम गर्दा एसिडिटी बढ्न सक्छ ।

– वार्मअप, एकदमै जरुरी छ । तर, आवश्यक्ताभन्दा बढी वार्मअप गर्नु मूर्खता हो । वार्मअपका लागि कार्डियो एकदमै राम्रो विकल्प हो ।
– जिम गरेको समय तपाईको पोजिसन सहि हुनुपर्छ ।

– कुनैपनि व्यायाम दुईदेखि तीन सेट आवश्य गर्नुपर्छ । प्रति सेटमा आफ्नो सामथ्र्यको हिसाबले तौल बढाउनुहोस् ।

– वर्कआउटमा सबै व्यायाम पहिला सहि तरिकाले सिक्नुपर्छ । सुरुवाती दिनमा ट्रेनरसँग बसेर मात्र वर्कआउट गर्नुपर्छ ।

– वर्कआउटमा प्रति व्यायामको विचमा एक मिनेटको विश्राम लिनुपर्छ । त्यसैले दोस्रो व्यायाम गर्ने समय तपाईको मुटुको धड्कन सामान्य अवस्थामा रहन्छ ।

– हप्तामा तीन दिन वेट ट्रेनिङ र तीन दिन कार्डियो गर्नु राम्रो हो । यसले बडी टोनिङ पनि हुन्छ र स्टामिना पनि बढ्छ ।

– वेट ट्रेनिङको दिनपनि वर्कआउट, लोअर वर्कआउट एवं शोल्डर वर्कआउटमा बाँडौ । साथै कार्डियो गर्ने दिनमा एब्स एक्सरसाइज गरौ । यसरी चार्ट बनाएर व्यवस्थित ढंगले वर्कआउट गर्दा तपाईको लगाव पनि हुन्छ र नतिजा पनि राम्रो हुन्छ ।

– सुरुमा थोरै वार्मअप र अन्त्यमा स्ट्रेचिङ आवश्य गरौ । यसले शरीर लचिलो बन्छ । तर, यी दुबैमा आवश्यक्ताभन्दा बढी समय खर्च नगरौ ।

– वर्कआउटको क्रममा पानीको घुट्को लिँदै गरौ । शरीरमा पानीको अभाव हुन दिनुहुन्न ।

– कार्डियोले स्टेमिना बढ्छ तर, त्यसलाई पनि आवश्यक्ताभन्दा बढी नगरौ ।

– वर्कआउट गरेको बेला त्यसैमा ध्यान केन्दि्रत गरौ । यसले एकाग्रता बढ्छ र दुर्घटना पनि हुँदैन ।

कति समयमा कति तौल कम हुन्छ ?

यो मूखर्तापूर्ण सवाल हो, जसको ठ्याक्कै जवाफ हुँदैन । ट्रेनरले पनि यसको टुंगो गर्न सक्दैनन् । किनभने तौल कम हुने कुरा तपाईको मिहेनतमा भर पर्छ । त्यो भन्दा बढी तपाईको शरीर कुन प्रकारको हो, त्यसैमा भर पर्छ ।

यसको नतिजा चाडै खोजेर पनि हुँदैन । यो क्रमस हुने कुरा हो । त्यसैले तुरुन्तै तौल कम भएन भनेर निरास हुनुपर्ने छैन । धैर्य गरौ र सकारात्मक सोंचका साथ जिम गरौ ।

के व्यायाम गर्न छाड्दा मोटो भइन्छ ?

तौल बढ्नुको अर्थ हो तपाईको शरीरमा केहि कुराको सन्तुलन मिलेको छैन । त्यही कारण तौल बढिरहेको छ । जस्तो कि, हर्मोनल समस्या हुनसक्छ, थाइराइड हुनसक्छ, मोटाबोलिज्ममा कमी हुनसक्छ । अतः यसलाई नियन्त्रण गर्ने सर्बोत्तम विधी भनेको व्यायाम हो । व्यायामको माध्यामबाट शरीरलाई मेन्टेन गर्न सकिन्छ । त्यसैले व्यायाम गर्न छाडियो भने स्वभाविक रुपमा मोटोपन बढ्छ । यद्यपी यससँगै सम्बन्धित रोगको निदानको उपाय पनि खोज्नुपर्छ ।

केटीले पनि वेट एक्सरसाइज गर्न सक्छिन् ?

केटीले पनि आफ्नो स्टामिना अनुसार वेट एक्सरसाइज गर्न सक्छ । कतिले भन्छन्, यसले गर्दा केटीको पनि मसल्स बन्छ । यो गलत कुरा हो । केटीको हेभी मसल्स बन्ने कुनै हर्मोन नै हुँदैन । यदि कोहि मसल्स बनाउन चाहन्छन् भने उनीहरुले मेडिकल टि्रटमेन्ट लिनुपर्छ ।

वेट ट्रेनिङमा निन्द्रा फाइदाजनक हुन्छ ?

वेट ट्रेनिङमा आरम पनि निकै महत्वपूर्ण हुन्छ । यसो गर्दा मसल्समा रिल्याक्स महसुष हुन्छ । वेट ट्रेनिङ गर्नेले ७ देखि ९ घण्टासम्म भरपुर निन्द्रा लिनुपर्छ । यदि उचित समयसम्म सुतिएन भने तौल बढ्न सक्छ एवं कमजोरी महसुष हुनसक्छ ।

वेट ट्रेनिङमा प्रोटिनयुक्त खाना फाइदाजक हुन्छ ?

वेट ट्रेनिङमा मसल्समा काम गरिन्छ र मसल्सको मूख्य भोजन भनेको प्रोटिन हो । यदि मसल्सको रिकभर हुनका लागि प्रोटिन मिल्छ भने, त्यसले सहि आकार ग्रहण गर्छ । साथै प्रोटिन क्रमस बिस्तारै पच्छ । यसले शरीरलाई लामो समयसम्म शक्ति दिन्छ ।

केहि व्यायामको नाम

लोहर बडी एक्सरसाइज

स्क्वेट
लन्जस
लेग एक्सटेन्सन
लेक कर्ल
लेग प्रेस

अपर बडी ह्यान्ड एक्सरसाइज
बाइसेप्स
ट्राइसेप्स
फोर आर्म
चीन अप
पुशअप
चेयरडिप्स
ह्यामर

शोल्डर एक्सरसाइज

शोल्डर प्रेस
डमब्लस प|mन्ट रेज
वन आर्म
डम्बल लेटरल रेज
अप राइट बारबेल रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment