Comments Add Comment

जहाँ अझै कायम छ मुखियाको शासन

३ भदौ, काठमाडौं । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए ।

स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो । जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् ।

न्याय–निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय, गैरसरकारी संस्था छन् । स्थानीयस्तरको एजेन्डामा काम गर्न जनप्रतिनिधिसमेत आइसकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । जोमसोम बजारमा त मुखिया कार्यालय नै छ ।

जोमसोममा मात्र होइन, मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि आइसकेका हुन् । दालमे गाउँपालिकामा राजु विष्ट, लोमान्थाङमा सुवर्णकुमार विष्ट, बाह्रगाउँ मुक्ति क्षेत्रमा धारा गुरुङ, थासाङमा शेरबहादुर थकाली र घरपझोङमा आसबहादुर थकाली निर्वाचित भएका छन् । २५ वटै वडामा पनि जनप्रतिनिधि छन् । तर, २५ वडाका करिब ५० गाउँमा ५० जनै मुखिया चुनिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment