Comments Add Comment

रोजगार विभागकाे लाचारी, फ्री भिसा फ्री टिकटको व्यवस्था अलपत्र

ठगीका गुनासा बढे पनि भएन कारबाही

३ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीति कार्यान्वयन असफल देखिएको छ । वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण जिम्मेवारी पाएको निकाय वैदेशिक रोजगार विभागकै लाचारीले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू हुन नसकेको हो ।

सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ । तर, निर्णय भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

फ्री भिसा फ्री टिकट लागू भएका देशमा जाने कामदारबाट म्यानपावरले प्रतिव्यक्ति ८० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलिरहेका तथ्य सार्वजनिक भएको छ ।

केही समयअघि खाडी मुलुकको स्थलगत निरीक्षणमा गएको संसदीय उपसमितिले त्यहाँ पुग्ने नेपाली कामदारहरूबाट ५० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलेको तथ्य फेला पारेको आफ्नो प्रतिवेदनमा खुलाएको छ । अनुगमन तथा नियमनको जिम्मेवारी पाएको विभागले निर्णय कार्यान्वयनका लागि कुनै पहल गरेको छैन ।

०७३–७४ मा मात्रै विभिन्न म्यानपावरविरुद्ध दर्ता गरिएको १४ सय ५२ उजुरीहरूमा पनि सबैभन्दा बढी उजुरी फ्री भिसा फ्री टिकट लागू भएका देशका गएका कामदारहरू रहेको छ । त्यस्ता उजुरीमा कम्पनीले कामदारबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै क्षतिपूर्तिको माग गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment