Comments Add Comment

क्यान्सरपीडित कठेतलाई प्रवासी नेपालीको सहयोग

३ भदाै, काठमाडौं । बोनम्यारो क्यान्सरबाट पीडित संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज, हङकङले आर्थिक सहयोग गरेको छ ।

नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज) को समन्वयमा बिहीबार एक कार्यक्रमबीच बिरामी कठेतलाई उक्त रकम संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङ र एसकाजका अध्यक्ष हेमन्त गौतमले संयुक्तरुपमा हस्तान्तरण गरे ।

लामो समयदेखि बिरामी रहेका कठेतलाई बोनम्यारो प्रत्यारोपणका लागि १६ लाख रुपैयाँ चाहिने हुँदा उनले सहयोगको अपील गरेका थिए । लगत्तै समाजले सहयोग गरेको हो ।

हङकङमा रहेको संखुवासभा समाज पुरानो र स्थापित संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment