Comments Add Comment

गण्डक नहरको संरचनामा ७५ करोडको क्षति

३ भदौ, वीरगन्ज। केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि  ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ ।

सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पुर्याएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी पर्साका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए। भारतको इनर्वा बजार हुँदै नेपालको जानकी टोलादेखि वाग्मती नदीसम्म ८१ किमी लामो सो नहरले बारा, पर्सामा ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ ।

पर्साको जगरनाथपुर, जानकीटोला, मसिहनिया, बारा बसलपुरलगायत ठाउँमा कल्भर्ट र ठाउँ ठाउँमा नहर भत्केको छ भने ब्लक नं १ देखि १० सम्म नहरको पानी बग्ने गरेकाले नहरको केही संरचना तथा ब्लक तथा वरिपरिका धान खेत तथा अन्यबालीमा व्यापक क्षति पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment