Comments Add Comment

काष्ठमण्डपदेखि खोकनासम्म साइकल र्‍याली


३ भदौं, काठमाडौं । भूकम्पपछि क्षतिग्रस्त पर्यटकीय तथा ऐतिहासिक स्थल ललितपुरको खोकना र बुङमती एवं काठमाडौंको काष्ठमण्डप पुनर्निर्माणमा हातेमालो गर्ने उदेशयले विगत ३ वर्षदेखि  सुरु गरिएको राइड काष्ठमण्डप टु खोकना साइक्लिङको तेस्रो संस्करण सकिएको छ।

तेस्रो संस्करणको साइक्लिङको  उद्घाटन गदै नेपाल पर्यटन बोर्डका कार्यकारी अधीकृत दिपकराज जोशीले खोकना नेपालकै एक नमुना गाउँ भएको र  पुनर्निमार्णका लागि सबै तहका मानिस लाग्नु पर्ने बताए ।

सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिको संयुक्त आयोजनामा भएको साइक्लिङ बसन्तपुरको काष्डमण्डपदेखि सुरु भएर खोकनामा समापन भएको हो ।

काठमाडौं उपत्यकाका तीनवटा सम्पदा काष्ठमण्डप, बुङमति र खोकनालाई जोड्ने साइक्लिङको रुट काष्ठमण्डपबाट बल्खु, चोभार, बुङमती हुँदै खोकनासम्म पुग्छ ।  खोकना पुगेपछि  साइल हरुलाई स्थानीयले सांस्कृतिक कार्यक्रम र नेवारी परिकारले स्वागत गरेका थिए।
खोकना पुनःनिर्माण तथा पुर्नस्थापना समितिका अध्यक्ष श्याम महर्जनका अनुसार साइक्लिङले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको छ।

ललितपुर महानगरपालिका वडा नं २१ मा पर्ने खोकना र २२ नम्बरमा पर्ने बुङमति दुबै नेवारी कला एवं संस्कृतिको जीवन्त संग्रहालय हुन्। यिनीहरुलाई प्रबद्धन गर्न नै आफूहरुको प्रमुख उदेश्य रहेको कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले बताए ।

नेपाल पर्यटन बोर्ड, रैका ट्राभल्स, हिमालयन म्याप हाउस, लायन्स क्लब अफ नेपाल गौरीशंकर, नेपाल माउण्टेन बाइक टुर्स लगायत संस्थाले सहयोग गरेका छन्।

यो इभेन्टको टेक्निकल पक्षको नेतृत्व साइक्लिष्ट देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौड्याल र गोपाल श्रेष्ठले सम्हाल्दैछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment