Comments Add Comment

कैलालको बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन हुदै

३ भदौ, कैलाली । जिल्लाका बाढीपीडितहरुमा विभिन्न रोगको संक्रमण देखिन थालेपछि उपचारका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लव अफ धनगढीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

रोटरी क्लव अफ धनगढीको शुक्रवार बसेको बैठकले स्वास्थ्य स्वास्थ्य शिविर सञ्चालनका लागि रोटरी क्लव अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय स्वास्थ्य शिविर सञ्चालन समिति गठन गरेको छ ।

समितिमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका सचिव डा. प्रदीप मिश्र, नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका पूर्व अध्यक्ष तथा रोटरी क्लव अफ धनगढीका निर्देशक डा. सुशिल कुमार भण्डारी, नेपाली सेनाको तेघरीस्थित भवानी दलका निमित्त गणपति गणेश आम्गाई, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय धनगढीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावललगायत सदस्य रहेका छन् ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको उपस्थितिमा गठित समितिले यही भाद्र ५,६ र ७ गते तीन दिन कैलालीको भजनी र टीकापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले बाढीबाट बिस्थापितहरुमा विभिन्न रोगको संक्रमण देखापरेकाले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment