Comments Add Comment

पत्रकार महासंघका मतदाता १५०८ (सूचिसहित)

'प्रदेश नं ८' मा २३० भोट ! प्रवासबाट ८ भोट !

३ भदौ, काठमाडौं । आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनमा सहभागी हुने मतदाताहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा महासंघले ‘प्रदेश नं ८’ समेत उल्लेख गरेको छ ।

महासंघले सार्वजनिक गरेको सूची अनुसार महाधिवेशनमा कुल मतदाता स्वदेशबाट १५०८ जना छन् भने प्रवासबाट ८ जना मतदाता छन् ।

महासंघले काठमाडौं उपत्यकाका तीन जिल्लालाई ‘प्रदेश नं ८’ भनेको छ । जबकि देशमा संविधानतः ७ वटा मात्रै प्रदेशहरु छन् ।

महासंघका अनुसार प्रदेश नम्बर ८ अन्तरगत काठमाडौंमा सबैभन्दा बढी अर्थात् १५१ मतदाता छन् । त्यस्तै ललितपुरमा ६३ र भक्तपुरमा १६ गरी उपत्यकामा २३० जना मतदाता छन् ।

हेर्नुहोस् महासंघका मतदाताहरुको पूर्ण विवरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment